अष्ट्रेलियाको सिड्नीमा नेपालको अर्थतन्त्र र पुँजीबजार सम्बन्धी अन्तरक्रिया सम्पन्न

0
Shares

अष्ट्रेलियाको सिड्नी स्थित पारामाटामा रहेको इन्टरनेशनल इन्स्टिच्यिूट अफ एजुकेसनमा नेपालको अर्थतन्त्र र पुँजीबजार सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम यही फागुन १५ गते सम्पन्न भयो ।

उक्त कार्यक्रममा श्रोत व्यक्तिका रुपमा रहेका एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुुख कार्यकारी अधिकृत मेख बहादुर थापाले नेपाली अर्थतन्त्र र पूँजी बजारको विविध आयाम बारे सहभागीसँग अन्र्तक्रिया गरेका थिए ।

अष्ट्रेलियाको एनआरएनएका राष्ट्रिय कोषाध्यक्ष अनिल पोखरेल (सीपीए) को उपस्थितिमा भएको उक्त कार्यक्रमको संयोजन राजु पोखरेल र दीपेन्द्र पन्तले गरेका थिए । कार्यक्रममा सिड्नी शहरमा बसोबास गर्ने एनआरएनए र सीए/सीपीए समूहका सहभागीहरूको उत्साहनजक प्रतिनिधित्व रहेको थियो ।

उक्त कार्यक्रममा थापाले नेपालको समग्र अर्थतन्त्रको विविध परिदृश्यहरुका साथै नेपालको पुँजी बजारमा भइरहेको पछिल्ला गतिविधिहरु तथा सो सम्बन्धमा भएका प्राविधिक सुधार र अन्य गतिविधिहरुका बारेमा समेत जानकारी गराएका थिए ।

नेपालको पुुँजी बजारमा रहेका लगानीका विभिन्न उपकरण मार्फत नेपाली पूँजी बजारमा लगानी गर्दा कसरी लगानी गर्न सकिन्छ र त्यसबाट प्राप्त हुने अवसर र चुनौतीका बारेमा समेत सहभागीहरुलाई जानकारी गराए ।

उक्त कार्यक्रममा कोषाध्यक्ष अनिल पोखरेलले एनआरएनएले लामो समयदेखि पहल गर्दै आएको राजनीतिक बाहेक अन्य अधिकार सहितको नागरिकता र लगानी सहजीकरणका विषयमा तथा लगानी गरे पश्चात लगानी वापतको आम्दानीसँगै लगानी रकम समेत फिर्ता लाने संयन्त्रको बारेमा चासो व्यक्त गरेका हुन् ।

कार्यक्रमको अन्त्यमा सहभागीहरुले आफ्नो व्यस्तताका बाबजुत सिड्नी सहरमा समेत आएर नेपाली पूँजी बजारको सम्भावना र अवसरका बारेमा प्रकाश पारेकोमा मेख बहादुर थापा प्रति आभार प्रकट गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।