समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको नाफाबाट सेयरधनीहरुलाई ६ करोड ७० लाख रुपैयाँ बराबरको बोनस सेयर र ३५ लाख २६ हजार ३१५ रुपैयाँ ७९ पैसा नगद लाभांश वितरण गर्ने भएको छ ।
लघुवित्तको सञ्चालक समितिको फागुन १५ गते सोमबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १३.५६२७५३ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.७१३८२९ प्रतिशत नगद लाभांश गरी कुल १४.२७६५८२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको चौधौं वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानीकर्तामा सो लाभांश वितरण हुनेछ । बोस वितरणपछि लघुवित्तको चुक्ता पुँजी ५६ करोड १० लाख रुपैयाँ पुग्नेछ ।
अघिल्लो आव २०७७/७८ बाट लघुवित्तले चुक्ता पूँजीको २५.२८५३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया