सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको सोमबार (फागुन १५ गते) बसेको बैठकले आगामी चैत १७ गते शुक्रबार १८ औँ वार्षिक साधारण सभा बोलाएको हो ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ८.५३४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४४९ प्रतिशत नगद लाभांश गरी कुल ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभा मार्फत घोषणा गरेको लाभांश अनुमोदन हुनेछ । जसअनुसार सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट प्रस्तावित चुक्ता पुँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँको सभाले आर्थिक वर्ष २०७८–७९ को सञ्चित मुनाफाबाट प्रस्तावित चुक्तापुँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँको कुल ८.९८३ प्रतिशतले हुन आउने २७ करोड ४ लाख ४४ हजार २६८ दशमलव ११ रुपैयाँ गरी कुल लाभांश अनुमोदन गर्नेछ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन २८ गतेदेखि चैत १७ गतेसम्म बुकक्लोज मिति तोकेको छ । यस अनुसार फागुन २५ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।