डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (फागुन १८ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुबै लघुवित्तले तोकेको बुकक्लोज अनुसार आजसम्म सेयर खरिद गर्नेले मात्रै लाभांश पाउने देखिएको हो ।
डिप्रोक्स लघुवित्तले फागुन १९ गते शुक्रबार तथा सपोर्ट लघुवित्तले फागुन २१ गते आइतबार बुकक्लोज गर्दैछ ।
डिप्रोक्स लघुवित्तले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ११.०५२६३२ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश सहितका अन्य प्रस्तावहरु पारितगर्न कम्पनीले फागुन ३० गते होटल सेभेन स्टार प्रा।लि।, सौराहा, चितवनमा बिहान ११ बजे २१ औं वार्षिक साधारण सभा बोलाएको छ ।
उता सपोर्ट लघुवित्तले चुक्ता पुँजीको ११ प्रतिशतका दरले बानेस शेयर र सोको कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले लाभांश सहितका अन्य प्रस्तावहरु पारित गर्न चैत ४ गते दुर्गा पार्टी प्यालेश, इटहरी, सुनसरीमा बिहान साढे ९ बजे आठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया