साल्ट ट्रेडिङ्ग कर्पोरेशनको नाफा ४७.३९ प्रतिशत बढ्यो

0
Shares

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ४७.३९ प्रतिशतले बढेको हो ।

गत आवको सोही अवधिमा कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको ब्याज खर्च घटेसँगै कम्पनीको नाफामा उल्लेख्य सुधार भएको हो ।  कम्पनीको ब्याज खर्च १५ करोड ३५ लाख ७७ हजार रहेको छ । गत आवको सोही अवधिमा २५ करोड ६८ लाख रहेको थियो ।

चुक्ता पुँजीको १० प्रतिशत बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी २५ करोड ३५ लाख ३१ हजार १९० रुपैयाँ पुगेको छ । यस्तै जगेडा कोषमा १ अर्ब ३२ करोड ९१ लख ५९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ३१ करोड ८७ लख १६ हजार रुपैयाँ थियो ।

पुस समान्तसम्म कम्पनीको वार्षिक प्रति सेयर आम्दानी १४ रुपैयाँ ८६ पैसा, प्रति सेयर नेटवर्थ ४३३ रुपैयाँ ८५ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३०३४ रुपेयाँ ४७ पैसा छ ।

समीक्षा अवधिमा कम्पनीको कुल सम्पत्ति ६.४२ प्रतिशत घटेर ७ अर्ब ६९ करोड ३३ लाख २१हजार कायम भएको छ । गत आवमा ८ अर्ब २२ करोडभन्दा धेरै थियो ।

चालु आवको ६ महिनामा कम्पनीको कुल आम्दानी ५.८९ प्रतिशत घटेर ४४ करोड ३३ लाख ९७ हजारमा झरेको छ । गत आवको सोही अवधिमा कुल आम्दानी ४७ करोड ११ लाख ५९ हजार रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।