जीवन विकास लघुवित्तको लाभांश संशोधन, अब कति पाउँछन् ?

0
Shares

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा थप जोखिम व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरेपछि लघुवित्तको लाभांश घटेको हो ।

कम्पनीको प्रस्तावित लाभांश ४.२१८३ बिन्दुले घटेर ३३.१५ प्रतिशत कायम भएको हो । यसअघि फागुन ६ गतेको सञ्चालक समितिको बैठकले कुल ३७.३८८४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

लघुवित्तको सञ्चालक समितिको फागुन १९ गते शुक्रबारको बैठकले चुक्ता पुँजीको २६ प्रतिशत (२६ करोड ८९ लाख १२ हजार ८०० रुपैयाँ ) बोनस सेयर र कर प्रयोजन सहित ७.१५ प्रतिशत (७ करोड ३९ लाख ५१ हजार २० रुपैयाँ) नगद लाभांश वितरण गर्नेरी संशोधन गरेको हो ।

यसअघि फागुन ६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकलेचुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ९.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेपाल राष्ट्र बैंकले संशोधन गरी घटाएर लाभांश वितरण गर्न स्वीकृति दिएसँगै अब लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

लघुवित्तको हाल १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ रहेको छ । २६ करोड ८९ लाख १२ हजार ८०० रुपैयाँ बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ३० करोड ३१ लाख ९२ हजार ८०० रुपैयाँ पुग्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।