फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, आँधीखोला लघुवित्त वित्तीय संस्था, र आइसिएफसि फाइनान्सको बोनस आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचीकृत भएको छ ।
नेप्सेका अनुसार तीनवटै कम्पनीले गत आव २०७७८/७९ बाट वितरण गरेका कुल २७ लाख ५३ हजार ९३ दशमलव ५६ बोनस सेयर नेप्सेमा सुचीकृत भएको हो ।
नेप्सेका अनुसार फर्स्ट माइक्रोफाइनान्सको १८ लाख ३२ हजार ५३५ दशमलव ५६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले पुस ३० गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर पारित गरेको थियो । साधारण सभाका लागि कम्पनीले पुस १७ गते बुकक्लोज गरेको थियो ।
यसैगरी आँधीखोला लघुवित्तको ३ लाख ५७ हजार कित्ता बोनस सेयर पनि आइतबार नै सूचीकृत भएको छ । लघुवित्तको माघ १३ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । साधारण सभाका लागि कम्पनीले माघ ३ गते बुकक्लोज गरेको थियो । सिवाईसी नेपाल लघुवित्तले यहि फागुन ३० गते मंगलबारदेखि आँधीखोला लघुवित्तसँग मर्जर गरी संयुक्त कारोबार थाल्दैछ ।
आजै आईसिएफसि फाइनान्सको ५ लाख ६३ हजार ५५८ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । फाइनान्सको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर पारित भएको थियो । साधारण सभाका लागि कम्पनीले पुस १९ गते बुकक्लोज गरेको थियो । सोही बोनस सेयर आज सुचीकृत भएको हो ।
आइतबार सुचीकृत भएको बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् । बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीले मात्र सम्बन्धीत कम्पनीको बोनस पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया