महिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।
यसका साथै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष तारा कुँवरद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।
सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पारित गरिएको छ ।
त्यसैगरी, सभाले संस्थाको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, संस्थाको प्रबन्धपत्र तथा नियमावलीका केही दफा तथा नियमहरूलाई संशोधन गर्ने, संस्थाले अन्य इजाजतप्राप्त ‘घ’ बर्गका लघुवित्त संस्थाहरुलाई गाभिने र गाभ्ने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पुर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू पनि पारित गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया