भारतीय केन्द्रीय बैंक–रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले अमेजन पे विरुद्ध ३ करोड ६ लाख भारु बराबरको जरिवाना घोषणा गरेको छ ।
कम्पनीले प्रिपेड पेमेन्ट इन्स्ट्रुमेन्ट र ग्राहक पहिचान विवरण (केवाइसी) सम्बन्धी आरबीआईको व्यवस्था उल्लङ्घन गरेको आरोपमा आरबीआईले उक्त सजाय दिएको हो ।
जरिवाना तोक्नु अघि आरबीआईले भारतमा रहेको अमेजनपे को कार्यालयलाई केवाइसी र प्रिपेड पेमेन्ट इन्स्ट्रुमेन्ट मुद्दामा किन सजाय नगर्ने भन्ने विषयमा कारण देखाउन आदेश दिएको थियो ।
तथापि अमेजन पेले आरबीआईको उक्त सूचनापछि दिएको स्पष्टीकरणका आधारमा अमेजन पेले नियम उल्लङ्घन गरेको पाएपछि जरिवाना घोषणा गरेको आरबीआईले जनाएको छ ।
अमेजन पे इ–कमर्श कम्पनी अमेजनको डिजिटल पेमेन्ट कम्पनी रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया