नेदरल्यान्डले चिनियाँ एड्भान्स चीपको आयातमा प्रतिबन्ध लगाएको छ ।
यसअघि अमेरिकाले पनि चीनमा उत्पादन हुने चीपहरुमा प्रतिबन्ध लगाएको थियो । मोबाइल फोनहरुमा प्रयोग गरिने चीपका साथै सैन्य औजारहरुमा प्रयोग गरिने चीपलाई लिएर अमेरिका र चीनबीच तनाव बढेको क्रममा नेदरल्यान्डसले चीनमा उत्पादित चीपमाथि प्रतिबन्ध लगाएको हो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय सुरक्षा संयन्त्रलाई ध्यानमा राखी नेदरल्यान्डसको सरकारले उक्त निर्णय गरेको व्यापार मन्त्री लिस्जे स्क्रीनीम्याचेरले जनाएकी छिन् । वर्तमान अवस्थामा भइरहेको प्राविधिक विकास र भूराजनीतिक परिपक्ष्यलाई हेरी सरकारले एड्भान्स चीपमा प्रतिबन्ध लगाएको छ ।
नेदरल्यान्डले एडभानस चीपमा प्रतिबन्ध लगाउनुका साथै अन्य चीप निर्यात गर्ने कम्पनीहरुले लाइसेन्सका लागि आवेदन दिई नेदरल्यान्डसले स्वीकृति दिएपछि मात्रै चीप निर्यात गर्न पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया