बहुमूल्य पहेँलो धातु सुनको भाउ घटेको छ । अघिल्लो साताको तुलनामा यस साता (फागुन २१ देखि २६ गतेसम्म) सुन तोलामा ७०० रुपैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार (फागनु १९ गते) तोलाको १ लाख २ हजा ५०० रुपैयाँको रहेको छापावल सुनको भाउ घटेर यो साताको अन्त्यमा १ लाख १ हजार ८०० रुपैयाँमा झरेको हो ।
यस्तै तेजावी सुनको भाउ पनि समीक्षा अवधिमा तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ३०० रुपैयाँ निर्धारण हुन आएको छ । अघिल्लो शुक्रबार तेजावी सुन तोलाको १ लाख २ हजार रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै चाँदी पनि यो साता तोलामा ४५ रुपैयाँले सस्तिएको छ । महासंघका अनुसार चाँदीको भाउ प्रतितोला १ हजार २६५ रुपैयाँबाट घटेर १ हजार २२० रुपैयाँ कायम भएको हो ।
नेपालमा शनिबार बाहेक सातामा ६ दिन (आइतबारदेखि शुक्रबारसम्म) सुनचाँदीको भाउ निर्धारण हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल रत्न तथा आभुषण महासंघले नेपालमा खरिद बिक्री हुने भाउलाई आधार मानेर नेपालमा मूल्य तोक्दै आएका छन् । अन्तर्राष्ट्रिय बजारमा भाउ बढे नेपालमा पनि बढ्ने र भाउ घटे सोही अनुसार नेपालमा पनि घट्ने गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ हिजो प्रतिऔंस १८६७ अमेरिकी डलर र चाँदी प्रतिऔंस २०.५३ डलरमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया