चीनको नयाँ प्रधानमन्त्रीमा ली छ्याङ नियुक्त

0
Shares

चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन भएका छन् ।

ग्लोबल टाइम्सले जनाए अनुसार राष्ट्रपति सी चिन फिङले १४ औं राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा ली छ्याङलाई प्रधानमन्त्री पदका लागि मनोनयन गरेका हुन् ।

ली सात सदस्यीय स्थायी समितिमा राष्ट्रपति सीपछि वरियताका दृष्टिले दोस्रो स्थानमा छन् । पार्टीको दोस्रो वरियतामा रहेका ली संघाईका पार्टी प्रमुख हुन् । प्रविधि र आर्थिक विकासमा उनले उदाहरणीय काम गरेका छन् ।

यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

चिनियाँ प्रधानमन्त्रीले सोमबार पत्रकार सम्मेलन गर्ने

चीनका प्रधानमन्त्री ली छ्याङले सोमबार बिहान १४ औँ राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी) को पहिलो सत्रको समापनपछि ग्रेट हल अफ द पिपुलमा पत्रकारहरूसँग भेटघाट गर्ने प्रेस सेन्टरले जनाएको छ।

कार्यक्रमलाई चाइना मिडिया ग्रुपले प्रत्यक्ष प्रसारण गर्नेछ भने सिन्ह्वा नेटडट कमलेले फोटो र टेक्स्टको प्रत्यक्ष प्रसारण उपलब्ध गराउने पनि प्रेस सेन्टरले शनिबार उल्लेख गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।