अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपश्चिम राजमार्गमा जोडिएको जग्गाको कम मूल्याङ्कन गरी राजश्व छली गरेको अभियोगमा हरिवन नगरपालिका–१० सर्लाहीका वडा अध्यक्ष शम्भुप्रसाद मैनाली समेत तीन जना विरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार राजमार्गसँग जोडिएको जग्गाको न्यूनतम मूल्यभन्दा कम राखी रजिष्ट्रेशन पास गरी हिनामिना गरेको अभियोगमा वडा अध्यक्ष मैनाली विरुद्ध ९ लाख ३६ हजार बराबरको बिगो दाबी गर्दै शुक्रबार मुद्दा दायर गरिएको हो ।
यस्तै आयोगले स्थानीय गौरी कुमारी र हिराकुमारी श्रेष्ठ विरुद्ध पनि समान ९ लाख ३६ हजार बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ ।
त्यस्तै आयोगले आजै सरकारी साक्षीका रुपमा पेश गरिएको बाबा कृष्णाराम पशुफार्म सप्तरीका सञ्चालक बेचन यादव मगरदैताविरुद्ध २१ हजार बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ । विशेष अदालतमा गरेको बकपत्रमा अनुसन्धान हुँदा सरकारी साक्षीले बयानको क्रममा गलत बकपत्र गरेको पुष्टि भएकाले शुक्रबार नै विशेष अअदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
यसअघि आयागले बिहीबार सातौं तहमा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेललाई १ लाख रुपैयाँ घुस सहित पक्राउ गरेको थियो । लितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पक्राउ गरेको थियो । उनलाई घुस लिइसकेको अवस्थामा कार्य कक्षबाट रकम सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया