आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आज बिहान सेयर बाँडफाँड भएको हो ।
आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न
कम्पनीको आईपीओ ५ जनाले ११ कित्ताका दरले ५५ कित्ता र १६ हजार ९७१ जनाले १० कित्ताका दरले १ लाख ६९ हजार ७१० कित्ता सेयर हात पारेका हुन् । बिक्री प्रबन्धकका अनुसार २ हजार २०३ वटा आवेदन रद्द भएको छ ।
लघुवित्त कम्पनीको आईपीओ बाँडफाँडको नतिजा केही बेरमा नै विभिन्न चार स्थानबाट हेर्न सकिन्छ ।
१. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले आईपीओ नतिजा हेर्नका लागि विकास गरेको वेवसाइट
२. बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेवसाइट
३. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयरको एप्लीकेशन रिर्पोट
४.आईपीओ निष्कासक कम्पनी आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको वेवसाइट
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया