माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको बिक्री प्रबन्धकमा सिटिजन्स् क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरूको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्न सिटिजन्स् क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको हो ।
संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा १४.९० मेगावाट क्षमताको माया खोला जलविद्युत आयोजना निर्माण गरिरहेका कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरी माघ २६ गते बाँडफाँड गरेको थियो । ३ अर्ब रूपैयाँ कुल निर्माण लागत रहेको आयोजनाबाट फागुनको पहिलो हप्तादेखि व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य छ ।
प्रतिमेगावाट लागत २० करोड १३ लाख रूपैयाँ रहेको आयोजनाको हाल ९९ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । कम्पनीको अधिकृत पूँजी र जारी पूँजी १/१ अर्ब रूपैयाँ छ ।
सर्वसाधारणमा जारी भएको आईपीओ सेयर नेप्सेमा सूचीकरणको प्रकृयामा रहेको छ । उक्त सेयर सूचीकृत भएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया