सातौं खुलामुखी योजना ‘कुमारी सुनौलो लगानी योजना’ को इकाई चैत ९ देखि खुल्दै

0
Shares

धितोपत्रको दोस्रो बजारमा जोखिम लिन नचाहने लगानीकर्ताहरुको लागि सामुहिक लगानी कोषको इकाईको बिक्री खुला हुने भएको छ । सातौं खुलामुखी योजनाको रुपमा कुमारी क्यापिटलले ‘कुमारी सुनौलो लगानी योजना’ को इकाई बिक्री खुला गर्न लागेको हो । यसअघि बजारमा ६ वटा खुलामुखी योजना सञ्चालनमा रहेका छन् ।

योजना व्यवस्थापक कुमारी क्यापिटलले कुमारी सामूहिक लगानी कोष अन्तर्गत यसअघि कुमारी धनवृद्धि योजना (योजनाको आकार १ अर्ब २२ करोड ५० लाख ) र कुमारी इक्वीटी फन्ड (योजनाको आकार १ अर्ब) गरी दुई वटा बन्दमुखी योजना सञ्चालन गर्दै आएको छ । तेस्रो योजनाको रुपमा १० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गर्न लागिएको हो ।

कुल जारी गरिने १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याइएको छ । क्यापिटलले चैत ९ गतेदेखि पहिलो चरणमा ३५ करोड रुपैयाँ बराबरको ३ करोड ५० लाख इकाई सार्वजनिक निष्काशनमा आउनेछ ।

बाँकी ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम व्यवस्थापकले तोके बमोजिम निरन्तर खरिद बिक्रीका लागि खुल्ला गरिने क्यापिटलले जनाएको छ । योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ । प्रारम्भिक आकार ५० करोड रुपैयाँ रहेको छ ।

चैत ९ गतेदेखि निष्काशन खुला हुने इकाई छिटोमा चैत १३ गते बन्द हुनेछ भने सो अवधिसम्ममा सबै बिक्री नभएको खण्डमा चैत २३ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतममा ५० लाख इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

पहिलो चरणको निष्काशन तथा बाँडफाँड सम्पन्न भएको मितिले तीन महिनाभित्र यो योजनाको इकाई निरन्तर निष्काशन तथा बिक्रीको लागि खुला हुनेछ । योजना व्यवस्थापक आफँै वा सामूहिक लगानी कोष निर्देशिका, २०६९ को दफा १६ बमििोजम वितरकका रुपमा तोकिएको कुनै बैंक तथा वित्तीय संस्थाहरु वा मर्चेन्ट बैंकरहरुबाट दैनिक रुपमा खरिद बिक्री गर्न सकिनेछ ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

कस्तो छ रेटिङ्ग ?

कुमारी क्यापिटलले म्युचुअल फण्ड निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले योजना व्यवस्थापकलाई औसत आधारहरु जनाउने ‘इक्रा एनपी एएमसी क्वालिटी ३ (एएमसी–३)’ रेटिङ्ग प्रदान गरेको छ । यसले क्यापिटलको व्यवस्थापन गुणता पर्याप्त मात्रमा आश्वस्थ हुन सकिने संकेत गर्दछ ।

त्यसैगरी, कोष प्रबद्र्धकलाई इक्रा नेपालले ‘इक्रा एनपि इस्यूअर रेटिङ ट्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले इस्यूअरमा मध्यम कर्जा जोखिम बहन गरेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ । यो रेटिङ्ग २०८० कार्तिक २१ ग्तेसम्म बहाल रहनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।