१८ औं संस्करणको दक्षिण एशियाली अर्थशास्त्र विद्यार्थी भेला (सेइज्म) राजधानीमा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागको आयोजना तथा नेपाल आर्थिक संघका संयुक्त आयोजनामा स्नातक तहमा अध्ययनरत विद्यार्थीको ५ दिने भेला सुरु भएको हो ।
मार्च १७ तारिखसम्म चल्ने भेलामा दक्षिण एशियाका ७ देशका ३०० विद्यार्थी तथा प्राध्यापक सहभागी छन् । यो सेइज्मको १८ औं संस्करण हो जसको मुल नारा ‘लचिलो दक्षिण एशियाली अर्थतन्त्रतर्फ’ रहेको छ । सन् २००४ देखि यस्तो भेला आयोजना हुन थालेको हो । सेइज्मले विद्यार्थीलाई सञ्जाल निर्माण मार्फत् सीप र ज्ञान सिक्ने अवसर प्रदान गर्दछ । सेइज्म हरेक वर्ष आयोजना हुँदै आएको छ । यसअघि सन् २०१२ र २०१७ र २०२० मा पनि नेपालमा आयोजना भएको भेला यहाँ चौथोपल्ट आयोजना गरिएको हो ।
सेइज्म दक्षिण एशियाका विभिन्न विश्वविद्यालयमा स्नातक अध्ययन गरिरहेका विद्यार्थीलाई यस क्षेत्रको आर्थिक र्थि विषयमा ज्ञान हासिल गर्न सघाउने खुला मञ्च हो । सेइज्मले सहभागी विद्यार्थीलाई साँघुरिँदै गएको क्षेत्रीय सहकार्य र क्षेत्रीय आर्थिक सहयोगका लागि बाधा बन्दै गएको अल्पकालीन राजनीतिका बारेमा बुझ्ने अवसर सिर्जना गर्दछ ।
दक्षिण एसियाका प्रमुख विश्वविद्यालयका पाठ्यक्रममा क्षेत्रीय मुद्दालाई जोड दिने गरेको पाइएको छ । यही अन्तरलाई भेलाले परिपूर्ति गर्न सहयोग गर्ने आयोजक तथा त्रिवि अर्थशास्त्र कन्द्रीय विभाग प्रमुख प्रा.डा. शिवराज अधिकारी बताउँछन् । भविष्यमा अर्थविर्थ वा नीतिर्माता बन्ने सम्भावना बोकेका विद्यार्थीका लागि क्षेत्रीय ज्ञान बटुल्न तथा बौद्धिक र राजनीतिक नेतृत्तृवलाई चिन्ने अवसर प्रदान गर्ने सेइज्म शक्तिशाली प्लेटफर्म हो ।
यसका अतिरिक्त सेइज्मले विश्वविद्यालय तथा आंगिक कलेजमा विद्यार्थी र शिक्षकको एक्स्चेन्ज, समर स्कूलको आयोजना तथा अर्थविद्सँग अन्तरक्रिया आयोजना गरी उच्च शिक्षाको प्रवद्र्धधन र सहजीकरण गर्दछ । सेइज्मले स्नातक तहमा अध्ययनरत विद्यार्थीका लेखलाई इ–जर्नल तथा न्यूज लेटरमा प्रकाशन गरेर सूचना तथा ज्ञान प्रभावमा सघाउने पनि गर्दछ । १८ औं सेइज्ममा नेपालबाट २०० र अन्य दक्षिण एशियाली मुलुकबाट १०० विद्यार्थीको सहभागिता रहेको प्रा.डा. अधिकारीले बताए ।
सेइज्मको गभर्निङ्ग काउन्सिलले संस्था सञ्चालनको गति प्रदान संस्था सञ्चालनको गति प्रदान गर्दछ । गभर्निङ र्नि काउन्सिलको अध्यक्ष प्रा.डा. विश्वम्भर प्याकुरेल हुन् । प्रध्यापक प्याकुरेलले भने ‘हाम्रा अगाडी आउने बाधाहरूलाई तोड्ने र सहकार्य र समझदारीको पुल निर्माण गर्ने बेला आएको छ । हामीले हाम्रो आर्थिक सम्बन्धलाई बलियो बनाउन, व्यापार र लगानी प्रवद्र्धन गर्न र हाम्रा जनताको समृद्धिको अवसर सिर्जना गर्न आवश्यक छ ।’
उनका अनुसार क्षेत्रको शान्ति र स्थायित्वका लागि पनि काम गर्नुपर्नुर्छ, वार्ताबाट हाम्रा विवादहरू समाधान गर्नुपर्नुर्छ र आशा र प्रगतिको भविष्य निर्माण गर्नुपर्नुर्छ, सुझा सु ब दिए । १८ औं संकरणको औपचारिक कार्यक्रर्यम सोमबार सुरु भएको हो । सोमबारको उद्घाटन समारोहपछि ‘लचिलो दक्षिण एशियाली अर्थतन्त्रतर्फ’ नामको प्यानल छलफल भएको थियो । प्यानल छलफलको सहजीकरण नेपाल आर्थिक संघका महासचिव डा. गोपाल तिवारीले गरेका थिए । सोमबारै थप एक प्यानल छलफल आयोजना भयो ।
मंगलबार समानान्तर रुपमा कार्यपत्र प्रस्तुतीको कार्यक्रम छ । भेलामा सहभागी विद्यार्थीलाई प्रोत्साहन स्वरुप मौखिक प्रस्तुती र लिखित कार्यपत्रका आधारमा मुल्यांकन गरिन्छ । उत्कृष्ट विद्यार्थीलाई पुरपुस्कृत पनि गरिन्छ ।
प्राध्यापक तथा विद्यार्थीहरुले कार्यपर्यत्र प्रस्तुत गर्ने इच्छा राखेर आवेदन दिएको आधारमा छनोट हुने गरेका छन् । दक्षिण एशियाका ७ देशका विश्वविद्यालयको समन्वयमा भेला आयोजना भएको हो । भेलामा दक्षिण एशियाको अर्थतर्थन्त्र लचिलो बनाउने उपायबारे विद्यार्थी र प्राज्ञिक वर्गमा छलफल भइरहेको प्रा.डा. अधिकारीले बताए ।
‘हाम्रो क्षेत्रीय अर्थतन्त्र जहिल्यै पनि अप्ठेरोमा पर्न सक्छ । तर, हरेक देश एकअर्काको परिपुरक बन्न सकुन् भन्ने हिसाबले छलफल गरिरहेका छौं ,’ उनले भने । सीधै नीति निर्माणमा सघाउने भन्दा सहभागीमा अनुभव आदान प्रदान भेलाको प्रमुख उद्देश्य रहेको प्रा.डा. अधिकारीले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया