हिमाल आरोहीबाट यो वर्ष (सन् २०२३) को वसन्त ऋतुमा चैत ५ गतेसम्ममा १ करोड २८ लाख ९८ हजार ९५० रुपैयाँ रोयल्टी संकलन भएको छ । यस अवधिसम्म विभिन्न पाँच हिमाल आरोहणका लागि अनुमति लिने आरोही समूहको संख्या ५० पुगेको छ ।
पर्यटन विभागका अनुसार अन्नपूर्ण प्रथम हिमाल आरोहीबाट चैत ५ गते आइतबारसम्म १ करोड १६ लाख ७ हजार ६६० रोयल्टी जम्मा भएको छ । तीन समुहमा आएका २२ पुरुष र १२ जना महिला गरी कुल ३४ जनाले उक्त हिमाल आरोहणका लागि अनुमति पाएको पर्यटन विभागले जनाएको छ ।
गण्डकी प्रदेशको अन्नपूर्ण हिमश्रृखलामा रहको अन्नपूर्ण प्रथम हिमाल मुन्द्र सतहबाट ८ हजार ९१ मिटर उचाइमा रहेको विश्वको दशौं अग्लो हिमाल हो । यसको आरोहणमा कठिनाई र खतराका लागि समेत परिचित छ । सन् २०२२ सम्ममा ३६५ जना अन्नपूर्ण प्रथम शिखरमा पुगेका छन् भने आरोहणका क्रममा ७२ जनाको मृत्यु भएको तथ्याङ्क छ ।
यस्तै समुन्द्र सतहबाट ८ हजार १६३ मिटर उचाइमा रहेको विश्वको आठौं अग्लो हिमाल मनास्लु आरोहरणबाट ७ लाख ५ हजार ७८० रुपैयाँ संकलन भएको छ । एक पुरुष र दुई महिला गरी तीन जनाले उक्त हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । अन्नपूर्ण पर्वतमालबाट करिब ६४ किलोमिटर पूर्वमा रहेको गोरखा जिल्लामा मनास्लु हिमाल रहेको छ । नेपाल सरकारले सन् १९९१ मा मात्रै यस सर्किटको पदयात्रा अनुमति दिएको थियो ।
यस्तै बागमति प्रदेशको रसुवा जिल्लामा अवस्थित ६ हजार ६२० उचारमा रहेको पांग्रि गोल्दुम्बा हिमालय आरोहणबाट ३ लाख १६ हजार ४४० रुपैयाँ रोयल्टी संकलन भएको छ । लाङटाङ हिमश्रृखलामा अवस्थित उक्त हिमाल आरोहणका लागि पाँच पुरुष र एक महिला गरी ६ जनाले अनुमति लिएका हुन् । साथै तीन पुरुष र दुई महिला गरी पाँच जनाले थोरङ पिक आरोहरणका लागि अनुमति लिएका छन् । कुल ५ हजार ७५१ मिटर उचाई रहेको थोरङ पिक आरोहणको अनुमतिबाट १ लाख ६३ हजार ७५० रुपैयाँ संकलन भएको छ । यो हिमाल गण्डकी प्रदेशको अन्नपुर्ण हिमश्रृखलामा अवस्थित रहेको छ ।
चैत ५ गतेसम्ममा सुर्मा सरोभर (उत्तर) हिमाल आरोहणबाट १ लाख ५ हजार ३२० रुपैयाँ रोयल्टी संकलन भएको छ । ६ हजार ३९७ मिटर उचाइको यो हिमाल आरोहणका लागि दुई जना पुरुषले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
यसरी हिमाल आरोहणका लागि २५ देशका नागरिकले अनुमति लिएका हुन् । अनुमति लिनेमा दक्षिण कोरियाका सबैभन्दा धेरै ६ जनाले, अकेरिकाबाट ५ जना, भारत र नर्वेबाट ४।४ जना, बेलायतका ३ जना तथा चीन, फ्रान्स, मासेडोनिया, पाकिस्तान, रोमानियाका २।२ जना रहेका छन् । बाँकी १४ देशका १।१ जना रहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया