मर्जर प्राप्तीले १८३ बैंक तथा फाइनान्सको इजाजत खारेज, कुन कुनको मेटियो अस्तित्व ?

0
Shares

नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्ती सम्बन्धी प्रक्रिया सुरु गराए पश्चात् २०७९ माघ मसान्तसम्ममा १८३ वटा बैंक तथा फाइनान्स कम्पनीहरुको अनुमति खारेज भएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त वित्तीय संस्था समेत गरी कुल २५५ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती प्रक्रियामा सामेल भएका थिए । यसरी मर्जरमा समेल भएकामध्ये १८३ वटा संस्थाको इजाजत खारेज भई ७२ वटा कायम भएको हो ।

पछिल्लो समय फागुनमा मात्रै सिवाईसी नेपालले आधिँखोला लघुवित्तलाई मर्जर तथा हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति मार्फत एकीकृत कारोबार सुरु गरेको छ । चालू आर्थिक वर्षको पुस मसान्तमा मात्रै ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंक, कुमारी बैंकले नेपाल क्रेडिट एण्ड कमर्स बैंक, प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकसँग मर्जर तथा प्राप्ती प्रकृया सम्पन्न गरी संयुक्त कारोबार थालेका हुन् । सोभन्दा अघि गत असारमा नै नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ती गरेर एकीकृत कारोबार थालेको थियो ।

इजाजत खारेज हुने अन्य संस्थाहरुमा वाणिज्य बैंकतर्फ तत्कालीन कमर्ज एण्ड ट्रष्ट बैंक, किष्ट बैंक, ग्राण्ड बैंक, बैंक अफ एसिया नेपाल लिमिटेड, लुम्बिनी बैंक, जनता बैंक नेपाल लिमिटेड रहेका छन् ।

राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत लिएका विकास बैंकहरुमा देवः विकास बैंक, इन्टरनेशनल डेभलमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली डेभलपमेन्ट बैंक, काक्रेबिहार विकास बैंक, कन्चन डेभलमेन्ट बैंक, कन्ट्री डेभलपमेन्ट बैंक, भिबोर विकास बैंक, सोसाइटी डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक, सोसियल डेभलपमेन्ट बैंक, सहारा विकास बैंक, झिमरुक विकास बैंक, कामना विकास बैंक, सेवा विकास बैंक, गौमुखी विकास बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, एकता विकास बैंक, कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, गोर्खा विकास बैंक, पाथिभरा विकास बैंक, भृकुटी विकास बैंक, सिभिक डेभलपमेन्ट बैंक, निलगिरी विकास बैंक, विश्व विकास बैंक, त्रिवेणी डेभलपमेन्ट बैंक, पब्लिक डेभलपमेन्ट बैंक, ब्राइट डेभलपमेन्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक, पुर्वाञ्चल ग्रामीण विकास बैंक, मध्यमाञ्चल ग्रामीण विकास बैंक, पश्चिमाञ्चल ग्रामीण विकास बैंक, मध्य पश्चिमाञ्चल ग्रामीण विकास बैंक, सुदूर पश्चिमाञ्चल ग्रामीण विकास बैंक, बागेश्वरी विकास बैंक, एक्सिस डेभलपमेन्ट बैंक, नेपाल कञ्जुमर डेभलपमेन्ट बैंक, मनकामना डेभलपमेन्ट बैंक, समृद्धि विकास बैंक, सोसियल डेभलपमेन्ट बैंककाे इजाजत खारेज भएकाे छ । 

यस्तै गुल्मी विकास बैंक, अरनिको डेभलपमेन्ट बैंक, सुर्य डेभलपमेन्ट बैंक, दियालो विकास बैंक, प्रोफेसनल डेभलपमेन्ट बैंक, शाइन डेभलपमेन्ट बैंक, रेसुङ्गा विकास बैंक, पशुपति डेभलपमेन्ट बैंक, उद्यम विकास बैंक, बिजनेश डेभलपमेन्ट बैंक, रारा विकास बैंक, विराटलक्ष्मी विकास बैंक, खाँदबारी डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक, एनडिइपी डेभलपमेन्ट बैंक, राइजिङ्ग डेभलपमेन्ट बैंक, सिटी डेभलपमेन्ट बैंक, बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक, मालिका विकास बैंक, शुभेक्षा विकास बैंक, प्रोफेसनल दियालो डेभलपमेन्ट बैंक, वागमती विकास बैंक, टुरिजम् डेभलपमेन्ट बैंक, मातृभुमी विकास बैंक, कालिञ्चोक डेभलपमेन्ट बैंक, नेपाल डेभलपमेन्ट बैंक, भिबोर सोसाइटी डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक, काबेली विकास बैंक, माउन्ट मकालु विकास बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, मनास्लु विकास बैंक, ओम डेभलपमेन्ट बैंक, यति डेभलपमेन्ट बैंक, फेवा विकास बैंक, एस डेभलपमेन्ट बैंक, तिनाउ डेभलपमेन्ट बैंक, मिसन डेभलपमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट बैंक, कसमस डेभलपमेन्ट बैंक, वेष्टर्न डेभलपमेन्ट बैंक, राप्तीभेरी विकास बैंक, साझा विकास बैंक, एनआईडिसी डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, पूर्णिमा विकास बैंकको अस्तित्व समाप्त भएको छ ।

‘ग’ वर्गका फाइनान्स कम्पनीहरुमा आईएमई फाइनान्स, लर्डबुद्ध फाइनान्स, स्ट्याण्डर्ड फाइनान्स, युनाइटेड फाइनान्स, ललितपुर फाइनान्स, भक्तपुर फाइनान्स, सीएमबी फाइनान्स, प्रभु फाइनान्स, सृजना फाइनान्स, सिटी एक्सप्रेस फाइनान्स, हाथवे फाइनान्स, नारायणी नेशनल फाइनान्स, कास्की फाइनान्स, नेपाल आवास फाइनान्स, नेपाल एक्सप्रेस फाइनान्स, काठमाण्डू फाइनान्स, फेवा फाइनान्स, जेनिथ फाइनान्स, नवदुर्गा फाइनान्स, सिभिक मर्चेन्ट वित्तीय संस्था, इम्पेरियल फाइनान्स, लोटस इन्भेष्टमेन्ट फाइनान्स, रिलायबल फाइनान्स, शुभलक्ष्मी फाइनान्स, यति फाइनान्स, भ्याली फाइनान्स, वैभव फाइनान्स, बुटवल फाइनान्स, एल्पिक एभरेष्ट फाइनान्स, भाजुरत्न फाइनान्स, युनिभर्सल फाइनान्स, स्वस्तिक मर्चेन्ट फाइनान्स, शिखर फाइनान्स, नेपाल श्रृलंका मर्चेन्ट फाइनान्सकाे इजाजत मर्जर तथा प्राप्तीका कारणले खारेज भएकाे छ । 

यसैगरी नारायणी फाइनान्स, नेशनल फाइनान्स, नेपाल बंगलादेश फाइनान्स, हाइसेफ फाइनान्स, रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स, अपि फाइनान्स, नेपाल हाउजिङ्ग एण्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, पाटन फाइनान्स, सगरमाथा मर्चेन्ट फाइनान्स, ओम फाइनान्स, प्रिमियर फाइनान्स, महालक्ष्मी फाइनान्स, सिद्धार्थ फाइनान्स, पश्चिमाञ्चल फाइनान्स, इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स, एभरेष्ट फाइनान्स, लुम्बिनी फाइनान्स, लिजिङ्ग फाइनान्स, एनआईडिसी क्यापिटल मार्केट, सगरमाथा फाइनान्स, सिनर्जी फाइनान्स, हामा मर्चेन्ट एण्ड फाइनान्स, युनिक फाइनान्स, युनियन फाइनान्स, जेबिल्स फाइनान्स, सेती फाइनान्स, नमस्ते वित्तीय संस्था रहेका छन् ।

इजाजत खारेज भएका ‘घ’ वर्गका लघुवित्त कम्पनीहरुमा बुद्धज्योति लघुवित्त, घोडीघोडा लघुवित्त, देउराली लघुवित्त, वोमी लघुवित्त, सुर्योदय लघुवित्त, शालिकग्राम लघुवित्त, स्पर्स लघुवित्त, नेपाल एग्रो लघुवित्त, समता लघुवित्त, घरेलु लघुवित्त, महिला सहयात्रा लघुवित्त, आरम्भ लघुवित्त, चौतारी लघुवित्त, ग्रामीण स्वंमसेवक लघुवित्त, स्वदेशी लघुवित्त, नेपाल सेवा लघुवित्त, नवकिरण लघुवित्त, जनकपुर लघुवित्त, सजिलो लघुवित्त, नयाँ नेपाल लघुवित्त, सारथी लघुवित्त, स्वेडा लघुवित्त, महिला लघुवित्त, नागरिक लघुवित्त, आर्थिक समृद्धि लघुवित्त, सत्यवति लघुवित्त, नागबेली लघुवित्त, जनसेवी लघुवित्त, त्रिलोक लघुवित्त, उन्नति माइक्रोफाइनान्स, सहकार्य लघुवित्त, क्रियटिभ लघुवित्त, रामारोशन लघुवित्त, एनआरएन लघुवित्त, गरीबी न्यूनीकरण लघुवित्त, स्लोभ लघुवित्त, दिब्य लघुवित्त, स्मार्ट लघुवित्त, मनकामना लघुवित्त आदि छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो साात महिनाको विस्तृत प्रतिवेदनअनुसार विसं २०७९ माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको कुल संख्या १२५ वटा कायम भएको छ । कुल बैंक तथा वित्तीय संस्थाहरुमध्ये २२ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ६४ वटा लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या पछिल्लो ७ महिनामा ८३ ले बढेर भने ११ हजार ६११ पुगेको छ । २०७९ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या ११ हजार ५२८ रहेको थियो । माघ मसान्तसम्ममा वाणिज्य बैंकहरुको कुल शाखा संख्या पाँच हजार ४५, विकास बैंकहरुको १ हजार १२८, फाइनान्स कम्पनीहरुको २८१ र लघुवित्त वित्तीय संस्थाहरुको ५ हजार १५७ वटा शाखाहरु सञ्चालनमा छन् ।  सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंकहरुको ७५३ स्थानीय तहमध्ये ७५२ मा शाखा विस्तार भएको छ । वाणिज्य बैंकहरुको शाखा पुग्न बाँकी रहेको स्थानीय तहको संख्या एउटा मात्र रहेको छ  ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।