हिमालयन हाइड्रोपावर लिमिटेडले चैत २४ गते १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । फागुन ३० गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले कास्की जिल्ला, पोखरा महानगरपालिका मा सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदनका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ ।
त्यस्तै सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक निर्वाचन पनि गर्ने, सञ्चालकहरुको सुविधा वृद्धि गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १३ गते बुकक्लोज मिति तोकेको छ । बुकक्लोजको आधारमा चैत १२ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया