आरकेडी होल्डिंग्स लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्न भएको छ । कम्पनीले आईपीओ जारी गर्ने विशेष प्रस्ताव सहित चैत २५ गते शनिवार वार्षिक साधारण सभा बोलाएको छ ।
गत चैत २ गते बसेको सञ्चालक समिति बैठकले ह्वाइट हाउस सेरेन प्यालेस सिर्जनाचोक, पोखरामा बिहान १० बजे वार्षिक साधारण आह्वान गरिएको छ ।
साधारण सभाले विशेष प्रस्तावमा पूँजी वृद्धिका लागि प्रबन्धपत्र संशोधन गर्ने तथा आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति लिने प्रस्ताव पारित गर्नेछ ।
यसैगरी आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, आव २०७८।७९ को लेखापरिक्षको प्रतिवेदन अनुमोदन गर्ने, आव २०७९।८० का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने छ ।
कास्कीको पोखरा उपमहानगरपालिका वडा नम्बर ८ मा केन्द्रीय कार्यालय रहेको आरकेडी होल्डिंग्सले लगानी तथा पूर्वाधारका क्षेत्रमा काम गर्दै आएको छ ।
आर.के.डी. होल्डिंग्स लिमिटेडले टाउन प्लानिङ, सम्पत्ति बिक्री, सम्पत्ति व्यवस्थापन, घर जग्गा परामर्शदाता, निर्माण गतिविधिहरू, लगानी विविधिकरण आदीमा सेवा प्रवाह गर्दै आएको छ । यस्तै कम्पनीले रोपवे इन्जिनियरिङ्, रोपवे निर्माण, रोपवे परामर्शदाता, केबलकार उपकरण आपूर्ति, लगानी विविधता, विस्तृत परियोजना रिपोर्ट, ईकमर्सको क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।
व्यावसायिक रूपमा केन्द्रित कम्पनीले पोर्टफोलियोमा पूँजीलाई आशाजनक क्षेत्रहरू र भौगोलिक क्षेत्रहरूमा परिचालन गर्ने गरेको छ । जसले कम्पनीको पर्याप्त बजार पूँजीकरण समेत बढेको छ । कम्पनीको प्राथमिक व्यवसायहरूमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड, पन्चासे केबलकार एण्ड टुरिजम लिमिटेड र बिजबजार लिमिटेड रहेका छन् ।
सभागृहचोक पोखरा कास्कीमा कार्यालय रहेर सोही स्थानलाई व्यापारको प्रमुख स्थान बनाउँदै आएको आरकेडी होल्डिङ्स लिमिटेड (कम्पनी) सुरुमा कम्पनी रजिस्ट्रारको कार्यालयमा आरकेडी रियल इस्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडको नाममा दर्ता भएको थियो । कम्पनीको मुख्य उद्देश्य नेपालको भूभाग भित्र घरजग्गा र निर्माण, वित्तीय सेवा, आतिथ्य र प्रविधि सम्बन्धी कार्यमा डिल गर्नु रहेको छ ।
रामचन्द्र शर्मा अध्यक्ष रहेको कम्पनीका बोर्ड अफ डाइरेक्टरमा किरण पोखरेल, धर्मराज भण्डारी, धनप्रसाद उपाध्यय, अम्बिका प्रसाद पौडेल, सबिना आचार्य र बाबुराम अर्याल रहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया