सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँड नतिजा यसरी हेर्नुहोस्

0
Shares

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट भएको बाँडफाँडमा ८ जनालाई ११ कित्ताका दरले ८८ कित्ता र ४ लाख २४ हजार ८८५ जनालाई १० कित्ताका दरले ४२ लाख ४८ हजार ८५० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

आईपीओमा आवेदन गरेका कुल १३ लाख ५६ हजार ३४१ जना आवेदकमध्ये ७ हजार ९९९ जनाको आवेदन रद्द भएको हो । सि-आश्वा, वैदेशिक रोजगारमा रहेका, स्थानीय बासिन्दा, संस्थापक र कर्मचारीहरुबाट परेको दोहोरो आवेदनबाट परेको १ लाख १६ हजार ८६० कित्ता सेयरको माग रद्द गरिएको हो ।

कम्पनीको आईपीओ नतिजा केही समयपछि प्रकाशन हुनेछ । नतिजा प्रकान भएपछि आईपीओको नतिजा विभिन्न चार स्थानबाट हेर्न सकिन्छ ।

१. सिडीएससीले आईपीओ नतिजा हेर्न कै लागि बनाएको वेवसाइट
२. मेरो सेयरको एप्लीकेशन रिर्पोट
३. बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेवसाइट
४. आईपीओ निष्काशक कम्पनी सानिमा मिडिल तमोर हाइड्रोपावरको वेवसाइट

मेरो सेयरको वेवसाइटबाट आफूले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर बाँडफाँडको नतिजा हेर्न सकिन्छ । यस्तै बाँकी लिङ्कहरुको हकमा आईपीओ निष्काशक कम्पनी सानिमा मिडिल तमोर हाइड्रोपावर (पब्लिक) छनौट गरी आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिन्छ ।

सानिमा मिडिल तमोरको आईपीओ भाग्यशाली ८ जनाले पाए ११ कित्ता

कम्पनीले फागुन २६ गतेदेखि ३० गतेसम्म आम सर्वसाधारणमा ४२ लाख ४८ हजार ९८३ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा ३.५५ गुणा बढी १३ लाख ५६ हजार ३४१ जनाले १ करोड ५० लाख ८८ हजार ८८० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये कुल योग्य आवेदकको संख्या १३ लाख ४८ हजार ३४२ जनाबाट माग भएको १ करोड ४९ लाख ७२ हजार २० कित्ता कित्ता सदर भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।