राष्ट्रपति रामचन्द्र पौडेलले सुनचाँदी ब्यवसायलाई घरेलु उद्योगकोरुपमा विकास गर्न सकिने बताएका छन ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघको पदाधिकारीसँग शुक्रबार भेट्दै राष्ट्रपति पौडलले घरेले उद्यामकोरुपमा विकास गर्न सकीए यो ब्यवसायवाट धेरै लाभ लिन सकिने धारणा ब्यक्त गरेका हुन ।
नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिनेक्रममा महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा महासंघको प्रतिनिधीमण्डल गएको थियो।
महासंघका पदाधिकारीसँगको भेटमा राष्ट्रपति पौडेलले मुलुकको बर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताए । त्यसक्रममा उनले घरेलु श्रम र शिपको प्रयोगगरी यो ब्यवसाय सञ्चालन गर्दा राज्य, ब्यवसायी र आम उपभोक्ता सवैलाई फाइदा पुग्ने बताए ।
मुलुकको आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रपति पौडेलले भने, ‘सरकारले पूर्णता पाइसकेको छैन । सरकारले पूर्णता पाए लगत्तै अर्थतन्त्रलाई मजवुत र प्रभावकारी वनाउन आवश्यक परामर्श गरिने बताए ।
वर्तमान संकट समाधनका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने पौडेलको भनाई छ । मुलुकभित्र उत्पादन वृद्धि एवम रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए ।
राष्ट्रपति पौडलसँगको भेटका क्रममा महासंघका अध्यक्ष शाक्यले आर्थिक विकास र समृद्धिका लागि सुनचाँदी ब्यवसायीका तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । अध्यक्ष शाक्यले भने, कच्चा पदार्थको अभावमा ब्यवसायीले समस्इा झेल्नुपरेको बताउँदै पर्याप्त कच्चा पदार्थको आयात सुनिश्चितगरी नेपाली गरगहनाको निर्यात प्रवद्र्धनमा ध्यान दिनसक्नुपर्ने खाँचो औंल्याए ।
पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवम सर्वसाधारण ऋणीमा गम्भीर असर गरेको भन्दै उहाँले त्यसतर्फ पनि राज्यले ध्यान दिन सक्नुपर्ने धारणा राखे ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया