गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको चैत ९ गते बिहीबार बसेको बैठकले हाल कायम चुक्तापुँजी २ अर्ब २३ करोड ९३ लाख ७० हजार रुपैयाँको १३.२७ प्रतिशतले हुन आउने २९ करोड ७१ लाख ९३ हजार रुपैयाँबराबरको बोनस सेयर वितरण प्रस्ताव गरेको छ।
प्रस्तावित बोनस सेयरमा लाग्ने कर भने सम्बन्धित सेयरधनीहरुले नै भुक्तानी गर्नुपर्ने बैठकले निर्णय गरेको छ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी १३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले निर्णय गरेको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया