एलन मक्सले अधिग्रहण गरेको ट्वीटरको भ्यालुएशन पाँच महिनामा २४ अर्बले घटेको छ । ४४ अर्ब डलरमा खरिद गरेको ट्वीटरको भ्यालुएशन पछिल्लो पाँच महिनामा नै घटेर २० अर्ब डलरमा झरेको हो ।
सन् २०२२ को अक्टोबर २८ मा एलन मक्सले ट्वीटर अधिग्रहण गरेका थिए । ट्वीटर खरिद गरेपछि उनले ट्वीटरको विज्ञापन नीति र ब्लू–टिक नीतिमा विशेष परिवर्तन गरेका थिए । जसकारण कम्पनीहरुले ट्वीटरमा विज्ञापन गर्न बन्द गरेका छन् । जसको प्रत्यक्ष प्रभाव ट्वीटरको भयालुएशनमा परेको हो ।
मक्सले ट्वीटरको विज्ञापन आधारित आम्दानी नीतिलाई परिवर्तन गरी ब्लू–टिक लिई प्रमाणिकरण भएका अकाउन्टहरुबाट मासिक ८ डलर शुल्क लिने घोषणा गरेका थिए । मक्सले गरेको उक्त घोषणापछि ट्वीटरमा भारी मात्रामा विज्ञापन गर्दै आएका कम्पनीहरुले विज्ञापन कटौती गरेका थिए । जसकारण ट्वीटर निरन्तर घाटामा रहेको मक्सले नै घोषणा गरेका थिए ।
ट्वीटरले कर्मचारीहरुलाई प्रदान गर्ने इक्वीटीको प्रस्ताव गर्दै शनिबार एलन मक्सले कम्पनीको भ्यालुएशनमा भारी गिरावट आएको जानकारी कर्मचारीलाई दिएको रोयटर्समा उल्लेख छ । यस विषयमा ट्वीटरले कुनै प्रतिक्रिया दिएको छैन ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया