सरकारको गलत नीतिले उद्योगी व्यवसायीलाई पीडित बनायो : अन्जन श्रेष्ठ

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठले राज्यको गलत नीतिले उद्योगी व्यवसायी पीडित भएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा आइतवार आयोजित लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन ? विषयक अन्तरक्रियामा उनले अर्थतन्त्र समस्यामा रहेको र उद्योगी व्यवसायी पिडित भएको बताका हुन् ।

“सरकारको गलत नीतिले अहिले अर्थतन्त्रमा समस्या निम्त्याएको छ। यसले हामी सबैलाई पीडित बनाएको छ,” वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठले भने, “यो गलत नीतिले कसरी अर्थतन्त्रलाई असर पार्छ भन्ने राम्रो उदाहरण हो ।”

सुदूरपश्चिम क्षेत्रमा पर्यटनको अथाह संभावना भएको भन्दै उनले यसमा सहकार्य र सामुहिक भावनामार्फत अगाडि बढ्न सकिने बताए । उनले पर्यटनको विकासमा सकारात्मक सोच र इच्छाशक्ति चाहिने स्पष्ट पारे ।

श्रेष्ठले आफ्नो परिवारको सानो व्यवसायबाट अगाडि बढ्दै विस्तार भएको जानकारी दिँदै उनले आफूले उद्योगी व्यवसायीहरुको समस्या नजिकबाट भोगेको जानकारी दिए ।

”हामी नवप्रवर्तनमा विश्वास गर्दछौं र सँधै तपाईँहरुबाट नयाँ कुराहरु सिक्न चाहन्छौं,“ उनले भने ।

उद्योग वाणिज्य महासंघमा धेरै चुनौतीहरु रहेको बताउँदै वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले संस्थालाई पहुँचयुक्त र सक्षम निजी क्षेत्रको रुपमा अगाडि बढाउने बताए ।

उनले साना तथा मझौला व्यवसायलाई पनि साथसाथै अगाडि लैजाने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।