राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोबिन्दराज पोखरेलले पछिल्लो दुई दशकमा आर्थिक नीति र गतिबिधिहरुलाई ध्यान नदिँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्।
सुदुरपश्चिम प्रदेशको धनगढीमा आईतवार आयोजित लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन? विषयक अन्तरक्रियामा उनले पछिल्लो दुई दशकमा राजनीतिक नीति र दस्ताबेजहरु मात्र आएको दाबी गरेका हुन्।
“पछिल्लो दशकमा हामीले आर्थिक क्षेत्रमा लगानी बोर्ड गठन बाहेक सबै राजनीतिक दस्ताबेजहरु मात्र ल्याएछौं। जसले पनि अर्थतन्त्रमा हामी सचेत छैनौं भन्ने देखिन्छ,” पूर्व उपाध्यक्ष पोखरेलले भने।
वैदेशिक रेमिट्यान्सले उपभोग अर्थतन्त्र बढाएको र यसमै राजनीतिक नेतृत्व रमेको बताए।
उनले सहजरुपमा कर तिर्ने र घुस ख्वाउनुपर्ने अवस्था रोक्न सकिएपनि उद्योगी व्यवसायीहरुलाई राहत हुने भन्दै रेमिट्यान्स नियमित आउँदा नेताहरुलाई हाईसन्चो भएको बताए।
“रेमिट्यान्स आईरहेको छ। आवाज उठाउने र सचेत गराउने युवाहरु वैदेशिक रोजगारीमा गएका छन्। यसले नेताहरुलाई पैसा आईहाल्छ भनेर हाईसन्चो भएको हो,” उनले भने।
योजना आयोजका पूर्व उपाध्यक्ष पोखरेलले निजी क्षेत्रले पहिचान चाहेको र त्यसको लागि सरकारले सहजीकरण र सुबिधा दिनुपर्ने सुझाब दिए।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया