पछिल्लो एक महिनामा विश्वका ३ ठूला बैंकहरु टाट पल्टिएका छन् । अमेरिकाका दुई ठूला बैंक र स्वीजरल्यान्डको १ ठूलो बैंक डुब्दा लगानीकर्ताहरु क्रिप्टोकरेन्सी तर्फ आकर्षीत भएका छन् ।
मार्च १० मा अमेरिकाको १६औँ ठूलो–सिलिकन भ्याली बैंक टाट पल्टिएको फेडरल डिपोजिट इन्सुरेनस कर्पोरेशनले घोषणा गरेको थियो । त्यसको ४८ घन्टा पछि अमेरिकाको न्युवर्कमा रहेको सिग्नेचर बैंक डुबेको थियो ।
त्यसको केही समयमा स्वीजरल्यान्डको दोस्रो ठूलो क्रेडिट स्वीस बैंकको अस्तित्व पतन भएको थियो । विश्व बैंकिङ क्षेत्रमा सिर्जना भएको बैंकिङ संकटका कारण लगानीकर्ताहरुको ध्यान क्रिप्टोकरेन्सीतर्फ बढेको छ ।
मार्च १० मा बिटकोइनको मूल्य २० हजार २०७ डलर रहेको थियो । आज २७ मार्चमा बिटकोइनको मूल्य बढेर २७ हजार ९३६ डलर रहेको छ ।
सन् २००७ मा अमेरिकीमा भएको हाउजिङ मार्केट कोल्याप्सका कारण बैंकिङ क्षेत्रमा विश्वास गुमाएका मानिसहरुले क्रिप्टोकरेन्सीलाई बैंकको विकल्पको रुपमा लिएका थिए ।
बैंकको विकल्पको रुपमा सन् २००९ मा क्रिप्टोकरेन्सीको स्थापना भएको थियो । हालै भएको बैकिङ संकटका कारण लगानीकर्ताहरुको आकर्षण क्रिप्टोकरेन्सीमा बढेको छ । मार्च १० देखि मार्च २७सम्ममा क्रिप्टोकरेन्सीको मूल्य ३५ प्रतिशतले बढेको छ।
तथापि नेपालमा क्रिप्टोकरेन्सीको कारोबारमाथि प्रतिबन्ध लगाइएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया