कृषि विकास बैंकको लाभांश पारित

0
Shares

कृषि विकास बैंकको सोह्रौ बार्षिक साधरणसभाले १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा चैत्र १४ गते मंगलबार सम्पन्न साधारण सभाले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर वितरण गर्नेे प्रस्ताव पारित गरेको हो ।

साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले अगामी दिनमा बैंकलाई थप शसक्त रुपमा अगाडी बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

साथै बैंकको संचालक समितिमा समूह (ख) सर्वसाधरण शेयरधनीहरुको तर्फबाट ३ (तिन) जना संचालक सदस्य क्रमशः गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, र विनोद कुमार गुरागाई आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।