अपर सोलुखोलाको बिजुली शुक्रबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

0
Shares

अपर सोलुखोला हाइड्रोपावर जलविद्युत आयोजनाबाट उत्पादित बिजुली शुक्रबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

हाइड्रोको निर्माण सम्पन्न भई गत सोमबारबाट परिक्षण उत्पादन सुरु गरेको १९.८० मेगावाट क्षमताको आयोजना आयोजनाले उत्पादन गरेको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो ।

आयोजनादेखि सोलु करिडोरसम्म १२ किमीको १३२ केभीको प्रसारणलाइन समेत बनिसकेको छ । राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि नेपाल विद्युत प्राधिकरणको टोली गएर परीक्षण गर्नुपर्छ ।

ताप्लेजुङको दूधकुण्ड नगरपालिका भएर बग्ने सोलुखोलामा निर्माण भएको आयोजना कोरोना संक्रमणका कारण काम प्रभावित हुँदा ढिला गरि आयोजना पूरा भएको हो । सुरुमा २०७६ पुसबाट उत्पादन थाल्ने योजना बनाइएपनि २०७७ पुस र त्यसपछि २०७९ चैतमा उत्पादन गर्ने लक्ष्य राखिएको थियो ।

बेनी हाइड्रोपावर कम्पनीले तीन अर्ब ५७ करोड लागतमा सोलुखुम्बु जिल्लामा उक्त आयोजना निर्माण गरेको हो ।  आयोजनामा एमएमबि बैंकको नेतृत्वमा ग्लोबल आईएमई बैंक, नबिल बैंक र एचआईडिसीएलले ऋण लगानी गरेका छन् । आयोजनामा ७० प्रतिशत ऋण लगानी रहेको छ । बाँकी ३० प्रतिशत लगानी सेयर जारी गरेर जुटाउने कम्पनीले जनाएको छ ।

जारी पुँजी १ अर्ब ४ करोड रहेको कम्पनीले आईपीओ निष्काशनको लागि एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।