बन्दीपुर केबलकारको आईपीओ निष्कासन प्रकृया अगाडि बढ्यो

0
Shares

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको साधारण सेयरको सार्वजनिक निष्काशन प्रकृया अगाडि बढेको छ । आईपीओ जारी गर्न कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

प्रचलीत कानून बमोजिम सार्वजनिक निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालय हात्तिसार, काठमाण्डौमा बुधबार आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट अध्यक्ष रामचन्द्र शर्माले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरका २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

बन्दीपुर केबलकारको काम ८०% सकियो, फागुनमा परीक्षण– वैशाखदेखि व्यावसायिक सञ्चालन

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।