श्री डिस्टिलरीले प्रिमियम मूल्यमा सेयर जारी गर्ने

0
Shares

मदिरा उत्पादक कम्पनी श्री डिस्टिलरी लिमिटेडले सर्वसाधारणमा प्रिमियम मूल्यमा सेयर जारी गर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको चैत १४ गतेका दिन बसेको बैठकको निर्णयानुसार २०८० बैशाख ९ गते कम्पनीको कर्पोरेट कार्यालय बबरमहल, काठमाण्डौंमा बिहान ११ बजे प्रथम वार्षिक साधारण सभा आह्वान गरेको हो ।

यस्तै सभाले आईपीओपछि पुँजी वृद्धि हुने भएकाले कम्पनीको जारी पुँजी वृद्धि गर्ने तथा रजिष्टर्ड कार्यालय रहने ठेगाना संसोधन गर्ने सम्बन्धमा पनि छलफल गरी पारित गर्नेछ ।

यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमाजन गर्ने सम्बन्धी सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने पनि सभाले पारित गर्नेछ ।

कम्पनीको सभाले सञ्चालक समितिको निर्वाचन गर्ने, सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आव २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पुर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने र कम्पनी ऐनको दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/८० का लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा पनि निर्णय गर्नेछ ।

सन् १९८० मा स्थापना भएको श्री डिष्टिलरी नेपाली मदिरा उद्योगमा प्रख्यात नाम हो । सुरुमा ४ वटा ब्राण्डको मात्रै स्वदेशी मदिरा उत्पादन गर्दै आएको श्री डिस्टिलरीले व्यापारको वृद्धिसँगै प्रतिस्पर्धासँगै रेक्टिफाइड स्पिरिट बाहेक एक्स्ट्रा न्यूट्रल अल्कोहल पनि उत्पादन गर्न थाल्यो । हाल श्री डिष्टिलरीसँग स्वदेशी मदिरा र ह्विस्की र रम जस्ता विदेशी मदिराका १४ भन्दा बढी ब्राण्ड रहेका छन् । माउन्ट एभरेष्ट ह्विस्की र किंग्स प्राइड विदेशी मदिरा क्षेत्रका प्रिमियम ब्रान्डहरू हुन्। माउन्ट एभरेष्ट ह्विस्की पनि जर्मनीमा समेत निकासी भएको ब्राण्ड हो ।

स्वदेशी मदिराको प्रमुख ब्रान्ड कारभानले पनि उल्लेखनीय बजार हिस्सा हासिल गर्न सफल भएको छ ।  श्री डिस्टिलरी मदिरा व्यवसायमा आईएसओ ९००२ बाट प्रमाणित हुने देशको पहिलो उद्योग हो । श्री डिस्टिलरी भन्दा पहिले नेपालमा मात्र नभई दक्षिण एसियाली क्षेत्रमा मदिरा व्यवसाय गर्ने कुनै पनि कम्पनीले आईएसओ ९००२ प्रमाणिकरण पाएका थिएनन् ।

आफ्नो उत्पादन बढाउने बाटोमा रहेको कम्पनीले मोरिसन बोमोर डिस्टिलर्स लिमिटेड, टी एन्ड ए म्याकक्लेल्यान्ड लिमिटेड, ग्लासगो, स्कटल्याण्ड (युके) सँग सम्झौता गरेको छ । श्री डिष्टिलरीले स्थान मदिराको बजारमा अग्रस्थान रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।