राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा। चिरञ्जीवी नेपाल नियुक्त भएका छन् । उनीहरूले बुधबार नियुक्ति पत्र बुझिसकेका छन् ।
राष्ट्रपति पौडेलले बुधबार पूर्वगभर्नर नेपाललाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपाल राष्ट्र बैंकको १६ औं गभर्नर हुन् ।
डा. नेपालले यसअघि प्रध्यापन, परराष्ट्रमन्त्रीको सल्लाहकार, प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारका रुपमा काम गरिसकेका छन्। उनी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको आर्थिक सल्लाहकार थिए । नेपाल सल्लाहाकार रहँदाको बखतमा नै उनी गभर्नर नियुक्त भएका थिए । उनले नेपाल धितोपत्र बोर्डमा समेत अध्यक्षको रुपमा जिम्मेवारी लिएका थिए । उनी लामो समय अध्यापन पेसामा संलग्न थिए ।
यस्तै राष्ट्रपति पौडेलले कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन् । कुँवर गण्डकी प्रदेशका पूर्वप्रमुख हुन् । उनी पूर्व प्रधानमन्त्री शुशील कोइरालाको कार्यकालमा सरकारको महान्यायाधिवक्ता थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया