भारतले दुर्लभ रोगको औषधी आयातमा लाग्ने भन्सार शुल्क कटौती गर्ने

0
Shares

भारतले दुर्लभ रोगको औषधी आयात गर्दा लाग्ने भन्सार शुल्क कटौती गर्ने भएको हो ।

दुर्लभ रोगको औषधीका साथै मर्क एन्ड को इन्र्कपोरेसनले उपलब्ध गराउँदै आएको क्यान्सर थेरापी लिँदा बिरामीहरुले भन्सारमा कर तिर्नु नपर्ने व्यवस्था भारतले गरेको हो ।

भारतमा स्पाइनल मस्कुलर एट्रोफी, डुसेन्न मस्कुलर अट्रोफीका बिरामीहरुले औषधी आयात गर्दा भन्सार कर भुक्तानी गर्नु पर्दैन । स्पाइनल मस्कुलर एट्रोफी र्सभाइभल मोटर न्युरोन जीन–१ म्युटेट हुँदा वा जीनमा उक्त जीन नहुँदा लाग्ने रोग हो । यो जीनले शरीरमा र्सभाइबल मोटर न्युरन प्रोटिन उत्पादन गर्ने गर्छ । तर यो जीन शरीरमा नहुँदा हड्डीहरु लुलो हुने, कमजोरी हुने हुन्छ । यसको असर छातिमा, खुट्टामा र हातको मांशपेसीमा देखिन्छ ।

यस्तै डुसेन्न मस्कुलर एट्रोफी एक जेनेटिक डिस्अर्डर हो । यो रोग डिस्ट्रोफीन प्रोटिनको अल्टरनेशन हुँदा हुने गर्छ । यी दुवै रोगहरु दुर्लभ रोग मानिन्छन् । यस्तै वील्सन डिजिज, सिस्टीक फाइब्रोसीस, पोम्पे डिजिज लागेका बिरामीहरुले यी रोगको औषधी खरिद गर्दा भन्सार कर तिर्नु पर्ने छैन । यी रोगहरुको उपचार पद्धति र औषधी महंगो रहेको छ । कतिपय जेनेटिक डिस्अर्डरहरु जीवनभर निको हुँदैनन् । ती रोगहरुलाई औषधी सेवन गरी दुखाई कम गर्न मात्रै सकिन्छ ।

भारतमा पछिल्लो समयमा जेनेटिक डिस्अर्डरका बिरामी बढ्दै गएका छन् । बिरामीहरुले अनलाइन माध्यम मार्फत चन्दा संकलन गर्ने काम गरिरहेका छन् । ती बिरामीहरुलाई औषधीको सरल पहुँच बढाउने उद्देश्यले भारत सरकारले भन्सार छुट गरेको जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।