जीवन विकास र एनएमबि लघुवित्तको सेयर मूल्य समायोजन

0
Shares

जीवन विकास लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको छ । साधारण सभा र लाभांश वितरणका लागि शुक्रबार बुकक्लोज तोकेका दुबै कम्पनीको बोनस सेयरमा सेयरमूल्य समायेजन गरिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीबार कायम भएको अन्तिम मूल्यमा प्रस्तावित बोनस समायोजन गरी नयाँ भाउ तोकेको हो । जसअनुसार जीवन विकास लघुवित्तको प्रतिकित्ता १३७० रुपैयाँ २६ पैसा र एनएमबि लघुवित्तको प्रतिकित्ता ५०९ रुपैयाँ ९ पैसा समायोजित मूल्य निर्धारण गरिएको छ ।

बिहीबार जीवन विकास लघुवित्तको सेयर प्रतिकित्ता १५६६ रुपैयाँ र एनएमबि लघुवित्तको प्रतिकित्ता ५६० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।  जीवन विकास लघुवित्तले गत आवको मुनाफाबाट १४.२८५ प्रतिशत र एनएमबि लघुवित्तले १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो ।

आज समायोजन भएको भाउलाई आधार मानेर आइतबार यी दुबै संस्थाको धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।