हिमालय एयरलाइन्सका तीन ‘क्याबिन क्रु’ सदस्य निलम्बनमा

0
Shares

उड्यान क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)  ले हिमालय एयरलाइन्सका तीन ‘क्याबिन क्रु’ सदस्यलाई निलम्बन गरेको छ ।

प्राधिकरणले हवाई उडान मापदण्ड उल्लंघन गरेको भन्दै बिहीबार चालक दलका तीन सदस्यलाई निलम्बन गरेको हो । फोटोग्राफी र भिडियोग्राफीमा मापदण्ड उल्लङ्घन गरेको आरोपमा हिमालय एयरलाइन्सका तीन जना क्याबिन क्रु सदस्यलाई निलम्बन गरिएको हो ।

उड्डयन मापदण्ड अनुसार उडिरहेको जहाजमा क्याबिन क्रुहरुले फोटो तथा भिडियो खिच्न पाइँदैन । उडानका क्रममा फोटो तथा भिडियो खिचेका कारण निलम्बन गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले तीन जना विमान परिचारिका (क्याबिन क्रु मेम्बर) लाई निलम्बन गरेपनि ती क्याबिन क्रुहरुको परिचय भने गोप्य राखिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।