सिप्रदी ट्रेडिङ्गको सर्भिस सेन्टर अब बाग्लुङ्गमा पनि

0
Shares

सिप्रदी ट्रेडिङ्ग प्रालिले बागलुङमा आफ्नो २६ औं शाखा सञ्चालनमा ल्याएको छ । चैत्र १६ गते बिहीबार एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सर्भिस सेन्टरको शुभारम्भ गरिएको हो ।

टाटा कमर्सियल गाडीहरुलाई सर्वसुलभ तथा उच्चकोटिको सेवा तथा सुविधाहरु प्रदान गर्ने उदेश्यले सर्भिस सेन्टर स्थापना गरिएको कम्पनीले जनाएको छ ।

उक्त अवसरमा सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त कम्पनीको प्रमुख व्यवसायिक लक्ष्य विकासशील आवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट बिक्रीपछिको सेवाहरु प्रदान गर्नु रहेको बताए ।  ग्राहकको चाहना र आवश्यक्ता लाई पहिलो प्राथमिकतामा दिएर हालको अवस्थालाई ध्यानमा राखी सिप्रदीले टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्टको मूल्यमा पनि भारी छुट सुविधा प्रदान गरेको उनको भनाई छ ।

त्यसैगरी टाटा प्रोटेक्ट अन्र्तगतको सेवा तथा सुविधाहरुको माध्यमबाट ग्राहकहरुलाई छिटो सेवा प्रदान गरी गाडी सञ्चालन खर्चलाई न्यूनिकरण गर्नमा विशेष जोड दिँदै आएकोे जानकारी दिए । सिप्रदीको बागलुङ शाखाबाट सम्पूर्ण टाटा गाडीका ग्राहकहरुलाई आवश्यक टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्ट्सको साथमा सर्भिस तथा मर्मत कार्यहरुको सुविधा प्राप्त गर्न सक्नेछन् । साथै टाटा जेन्यूइन पार्ट्मा २२ प्रतिशत सम्म र जेन्यूइन आयलमा २५ प्रतिशत सम्मको छुट सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

टाटा प्रोटेक्ट अन्र्तगत ४ घण्टा भित्र सर्भिसिङका कामहरुको ग्यारेन्टी प्रदान गर्नेछ भने ४८ घण्टा भित्र ममर्त कार्यको ग्यारेन्टी प्रदान गर्नेछ यदि नभएमा प्रतिदिन १ हजार १०० का दरले क्षतिपूर्ति पनि प्रदान गर्नेछ । त्यसैगरी एक्सिडेन्टल कार्यहरुको लागि नगद रहित वीमा दावी सुविधाको साथमा ६० दिन भित्र गाडी मर्मतको ग्यारेन्टी पनि प्रदान गर्छ । ग्राहकहरुको गाडी सञ्चालन खर्चलाई न्यूनिकरण गर्नको लागि विविध खालको एएमसि सुविधाहरु पनि प्रदान गर्ने छ । अफरोड भएका गाडीहरुको लागि टाटा अर्लट अन्तर्गत ६ घण्टा भित्र अफरोड भएको स्थानमा पुग्ने र ४८ घण्टा भित्र समाधान गर्नेछ ।

उक्त वर्कशपको शुभारम्भसँगै अब सिप्रदीको २६ वटा आफ्नै शाखा, ८ वटा आधिकरिक सर्भिस सेन्टर र २१ वटा सर्टिफाइड ग्यारेज गरि नेपालभरि ५५ वटा सर्भिस सेन्टरहरुबाट टाटा कमर्सियल गाडिहरुको लागि आवश्यक सम्पूर्ण सेवा तथा सुविधा प्रदान गर्नेछ । सिप्रदीका प्रुूख सञ्चालक अधिकृत राजेश प्रसाद गिरीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै ग्राहकहरुलाई सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरी कार्यक्रमको समापन गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।