सूचीकृत कम्पनीहरु संस्थागत सुशासनप्रति कम जिम्मेवार बन्दै जान थालेका छन् । प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पूरा भएको ६ महीनाभित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्थालाई धेरै जसो कम्पनीहरुले पालना नगरेका हुन् ।
यसरी समयमा नै साधारण सभा सम्पन्न नगर्नेमा ‘क’ वर्गका वाणिज्य बैंकहरुदेखि सबै क्षेत्रका कम्पनीहरु छन् । यस समाचारमा हामी विकास बैंकहरुको मात्र चर्चा गर्नेछौं ।
सञ्चालनमा रहेका १६ विकास बैंकहरुमध्ये ६ वटा विकास बैंक हालसम्म पनि साधारण सभा बोलाउन समेत असफल भएका छन् । विद्ययमान नियमको उलङ्घन गर्दै ती बैंकहरुले अहिलेसम्म साधारण सभा आह्वान गरेका छैनन् । चैत १८ गतेसम्म १० वटा विकास बैंकले भने साधारण सभा सम्पन्न गरिसकेका छन् ।
हालसम्म पनि साधारण सभा सम्पन्न गर्न नसक्ने बैंकहरुमा कामना सेवा विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक कर्णाली डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंक रहेका छन् ।
विद्यमान कानुनी व्यवस्था बमोजिम अनुसार प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र अघिल्लो आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्नुपर्ने हुन्छ । तर तोकिएको समयभन्दा साढे दुई महिना बढी समय बितिसकेको भएपनि ६ वटा विकास बैंकले भने हालसम्म पनि साधारण सभा आह्वान गर्न समेत सकेका छैनन् ।
कम्पनी ऐन २०६३ को दफा ७६ अनुसार कारोबार सञ्चालन भएको एक वर्ष भित्र पब्लिक कम्पनीहरुले पहिलो साधारण गर्ने र त्यसपछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पूरा भएको ६ महीनाभित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था छ । तर धितोपत्र बजारमा सूचीकृत भएपनि संस्थागत सुशाशनको पक्षमा भने धेरै कम्पनीहरु प्रतिबद्ध भएको पाइँदैन ।
नियामक निकायहरुले तोकिएको समयमा साधारण सभा नगर्ने कम्पनीहरुलाई प्रत्यक्ष रुपमा कार्वाही गर्ने व्यवस्था नहुँदा सूचीकृत कम्पनीहरुमा संस्थागत सुसासन कमजोर बन्दै गईरहेको छ । साथै समयमा साधारण सभा नगर्दा पनि केही फरक पर्दैन भन्ने मानसिकता समेत ती कम्पनीका व्यवस्थापकहरुमा समेत पर्न थालेको छ ।
साधारण सभा सम्पन्न गर्ने कम्पनीहरुले पनि अधिकांशले एकै समय अर्थात पुस अन्तिम साता गर्ने गरेका छन् । एकैदिन दुई दर्जनसम्म कम्पनीको साधारण सभा हुँदा कम्पनीको संस्थागत सुशासन तथा अन्य विषयहरुमा सेयरधनीहरुले प्रश्न राख्न नपाउने हुनाले पनि धेरै कम्पनीहरुले सोही समयमा साधारण सभा सम्पन्न गर्ने गरेको तितो यथार्थ नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीहरुमा छ ।
साधारण सभा कुनै पनि कम्पनीको सेयरधनीहरुको वार्षिक संयुक्त बैठक हो । वर्षमा एक एकपटक कम्पनीको विविध पक्षका बारेमा छलफल हुने र महत्वपूर्ण निर्णय समेत साधारण सभाबाटै हुने भएकाले साधारण सभा कम्पनीका लागि सर्वोच्च निर्णय गर्ने स्थान हो । यहाँ भएका निर्णय कम्पनीको हकमा निकै महत्वपूर्ण हुन्छ । वार्षिक साधारण सभाले विशेष निर्णयहरु, विशेष प्रस्तावका साथै लाभांश वितरण, कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र सञ्चालकको प्रतिवेदन जस्ता विषयमा छलफल गरि पारित गर्ने र आवश्यक काम गर्न सञ्चालक समतिलाई अधिकार प्रत्यायोजन समेत गर्दछ । सामान्य निर्णय पारित हुन पनि न्यूनतम ५१ प्रतिशत सेयरधनीहरुको आवश्यक हुन्छ । विशेष निर्णय पारित हुन दुई तिहाईकाे सहमति चाहिन्छ ।
त्यसैगरी कम्पनीको अधिकृत पूँजी बढाउन, सेयर पूँजी हेरफेर, नाम र मुख्य उद्देश्य परिवर्तन गर्न, कम्पनी गाभिने विषय, प्रालिबाट पब्लिक वा पब्लिकबाट प्रालिमा परिणत हुने जस्ता विषयहरुपनि साधारण सभाबाटै निक्र्यौल हुन्छ । कम्पनीको महत्वपूर्ण निर्णयहरु गराउने सभालाई समयमा नै नगराउँदा संस्थागत सुसाशनको अवस्था माथि प्रश्न उठ्ने गर्दछ । लगानीकर्ताको नजरमा पनि समयमा नै साधारण सभा सम्पन्न गर्ने कम्पनीप्रति विश्वास बढी हुन्छ ।
कम्पनीहरुले वर्ष भरिको विवरण कम्पनी रजिष्ट्रारको कार्यालयमा तोकिएको समयमा नबुझाउनकम्पनीलाई आर्थिक जरिवाना गर्ने गरेको छ भने नेप्सेले पनि सूचीकृत कम्पनीलाई वर्गिकरण गर्दा समयमा नै साधारण सभा गर्ने कम्पनीहरुलाई न्यून वर्गमा राख्ने गरेको छ ।
साधारण सभा सम्पन्न गरेका दशमध्ये नौं वटा विकास बैंकले लाभांश वितरण गरेका छन् भने एक विकास बैंकले भने लाभांश वितरण गरेको छैन । गत आवको नाफाबाट सिन्धु विकास बैंकले भने लाभांश वितरण गरेन भने गरिमा विकास बैंकले सबैभन्दा धेरै चुक्ता पुँजीको १४.५० प्रतिशत लाभांश वितरण गरेको छ ।
हेर्नुहोस् गत आवबाट कुन विकास बैंकले कति वितरण गरे लाभांश ?
Sector -Development Banks | Stock Symbol | Bonus | Cash | Total | Bookclose | AGM |
Garima Bikas Bank Limited | GBBL | 13.00 | 1.50 | 14.50 | Poush 8, Friday | Poush 22, Friday |
Muktinath Bikas Bank Ltd. | MNBBL | 13.50 | 0.7105 | 14.21 | Poush 20, Wednesday | Poush 30, Saturday |
Shine Resunga Development Bank | SHINE | 13.30 | 0.70 | 14.00 | Poush 12, Tuesday | Poush 25, Monday |
Miteri Development Bank Limited | MDB | 12.35 | 0.65 | 13.00 | Poush 14, Thusday | Poush 27, Wednesday |
Lumbini Bikas Bank Ltd. | LBBL | 3.00 | 9.00 | 12.00 | Poush 13, Wednesday | Poush 26, Tuesday |
Mahalaxmi Bikas Bank Ltd. | MLBL | 4.00 | 6.47 | 10.47 | Poush 18, Monday | Poush 29, Friday |
Shangrila Development Bank | SADBL | 8.53 | 0.45 | 8.98 | Falgun 28, Sunday | Chaitra 17, Friday |
Jyoti Bikas Bank Limited | JBBL | 3.00 | 3.80 | 6.80 | Magh 29, Sunday | Falgun 14, Sunday |
Corporate Development Bank Limited | CORBL | 5.00 | 0.26 | 5.26 | Falgun 10, Wednesday | Falgun 22, Monday |
Sindhu Bikash Bank Ltd | SINDU | 0.00 | 0.00 | 0.00 | Magh 16, Monday | Magh 27, Friday |
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया