नवनियुक्त अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधारने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को पदाधिकारी प्रतिनिधिमण्डलसँग आइतबार भएको भेटमा उनले समस्याग्रस्त अर्थतन्त्र सुधार्न आफू प्रतिबद्धता रहेकाले यसमा निजी क्षेत्रका छाता संस्थाको सुुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने विश्वास दिलाएका हुन् ।
उनले भने, “तपाईहरुको मनाबल घट्न दिन्न तपाईहरुसँग निरन्तर संवादमा रहन्छु । मैले अर्थतन्त्रलाई सुुधार गर्न गरेको प्रतिबद्धता पूरा गर्न तपाईहरुबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेको छु ।” अर्थमन्त्री महतले भने ।
सो भेटवार्तामा महासंघ अध्यक्ष शेखर गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घटाउनुपर्ने, सरकारी खर्चलाई विस्तार गर्नुपर्ने, बाहिरी ऋण उठाएर भएपनि खर्च गर्नुपर्ने, सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने, विदेशबाट पैसा भित्र्याउनका लागि दाताहरुसँग पहल गर्नुपर्ने तथा स्थानीय दाताहरुसँग पनि सम्मेलन गर्नुपर्ने र निजी क्षेत्रको मनोबल उकास्ने खालका सन्देश प्रवाह गर्नुपर्ने सुझाव दिएका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया