लघुवित्तको समस्या समाधानको लागि राष्ट्र बैंकले थाल्यो अध्ययन, सरोकारवालसँग सुझाव माग

0
Shares

नेपाल राष्ट्र बैंकले लघुवित्तको वर्तमान समस्या र समाधानका गठित अध्ययन समितिले काम थालेको छ । राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा गठन गरेको समितिले अध्ययन कार्य सुरु गरेको हो।

अध्ययन समितिले सरोकारवालाहरुलाई लघुवित्तहरुको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्न पर्ने कदमरुका बारे इमेलमार्फत २०८० वैशाख २० गते भित्र सुझाव माग गरेको छ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन समितिमा दुई जना स्वतन्त्र विज्ञ, राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक, लघुवित्त संस्था सुपरभिजन विभागका निर्देशक र नेपाल लघुवित्त बैंकर्स संघको एक जना प्रतिनिधी सदस्य छन्। समितिमा आर्थिक अनुसन्धान विभागका निर्देशकलाई सदस्य सचिवको जिम्मेवारी दिईएको छ।

समितिलाई लघु वित्त क्षेत्रका समस्या समाधानका लागि केन्द्रीय बैंकले लिनु पर्ने नीतिगत व्यवस्थाका विषयमा अध्ययन गरि ६ महिना भित्र सुझाव दिने जिम्मेवारी दिइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।