अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको आर्थिक विकासकालागि सबैको साथ आवश्यक भएको बताएका छन् । खस्कँदो अर्थतन्त्रलाई उकास्न सम्बद्ध सरोकारवाला सवैसँग मिलेर अगाडि बढ्ने प्रतिबद्धता समेत उनले जनाए ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा २०७९ चैत १९ गते आइतबार नवनियुक्त अर्थमन्त्री महतलाई बधाई दिन पुगेको महासँगको प्रतिनिधीमण्डलसँगको भेटमा उनले आर्थिक विकासकालागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने खाँचो औंल्याए ।
त्यसक्रममा मन्त्री महतले आर्थिक विकास र परिवर्तनका लागि राम्रा राम्रा योजना र सुझाव ल्याउन समेत आग्रह गरे । आफूले मुलुकको अर्थतन्त्रलार्य नजिकवाट नियालीरहेको उल्लेख गर्दै सवै मिलेर अगाडि बढ्दा तीव्र आर्थिक विकास गर्न कठिन नहुने बताए ।
मन्त्री महतसँगको भेटका क्रममा महासंघका तर्फवाट आर्थिक विकासमा सुनचाँदी ब्यवसायीको भूमिका लगायतका बिषयमा जानकारी गराइएको थियो । भेटमा अध्यक्ष शाक्यसँगै उपाध्यक्ष द्धय विपिन रामुदामु र शिव कुमार सर्राफ लगायतको उपस्थिति थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया