आईएमएफ ऋण सुविधाको उपयोगबारे अनुगमन गर्न समिति गठन

0
Shares

श्रीलङ्काकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले उपलब्ध गराएको ऋण सुविधाको श्रीलङ्काको उपयोगबारे अनुगमन गर्न एक समिति गठन गरेको छ ।

श्रीलङ्काकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेको निर्देशनमा समिति गठन गरिएको हो ।

सन्डे अब्जर्भरका अनुसार समितिमा राष्ट्रपतिका चिफ अफ स्टाफ सगला रत्नायका, ट्रेजरी सेक्रेटरी महिन्दा सिरिवर्दना, केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिङ्घे र विज्ञहरुको समूह रहेका छन् ।

समितिको मुख्य जिम्मेवारी आईएमएफ प्रक्रियाको नियमित अनुगमन गर्नु र कर को प्रतिशतमा परिवर्तन र अप्रत्यक्ष कर घटाउँदै प्रत्यक्ष कर बढाउने सम्भावनासहित कर नीतिहरूको परीक्षण गर्नु हो ।

यसका साथै समितिले आईएमएफका शर्तहरु प्रभावकारी रूपमा कार्यान्वयन भएको सुनिश्चित गर्ने सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपतिको निर्देशनमा समितिले भ्रष्टाचार निवारण ऐनजस्ता अध्यादेशलगायतका महत्वपूर्ण विषयमा महिनामा एकपटक मन्त्रिपरिषद्लाई प्रतिवेदन दिनेछ ।

राष्ट्रपतिले समिति सञ्चालनका बारेमा सुझाव दिनुहुनेछ र केही समयपछि श्रीलङ्काले गम्भीर आर्थिक सङ्कटको चपेटामा परेपछि अन्तर्राष्ट्रिय ऋणदातासँग वार्ता सुरु गरेको थियो ।

केही समयपछि यसको स्वीकृति क्याबिनेटबाट लिइनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।