अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयरबजार प्रति सरकार संवेदनशील रहेको बताउँदे सेयर बजार सुधारका जायज सबै सम्भव उपायहरु अवलम्बन गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँगको छलफलमा अर्थमन्त्री महतले सेयरबजार प्रति सरकार संवेदनशील रहेको र सुधार सबै उपायहरु अपनाइने बताएका हुन्। यसका लागि सम्बन्धित स्टेक होल्डर, नियामक निकाय, लगानीकर्ता लगायत सबै क्षेत्रको सहयोगको आवश्यकता रहेको उनको भनाई थियो ।
उनले लगानीको माहोल सकारात्मक नभएको भनेर सर्वसाधारणमा त्रास फैलिएकोले अर्थतन्त्रमा झनै गिरावट आएको उन्लेख गरे । उनले भने, ‘अर्थतन्त्रलाई सकरात्मक बनाउनु पर्ने मुल चुनौती छ , बजारको अवस्था ठीक छैन भन्ने सन्देश जाँदा अर्थतन्त्र बिग्रिन्छ त्यसैले यसलाई सकारात्मक बाटो तर्फ लैजानु पर्छ’ ।
उनले धेरै जनसंख्या सेयर बजारमा जोडिएको हुनाले अर्थतन्त्रलाई सकारात्मक बाटोमा लैजानको लागी सेयर बजारको भुमिका महत्वपूर्ण रहेको बताए । अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान बनाउन आफुहरु गम्भिर भएर लागी परेको बताउँदै त्यसका लागि सम्पूर्ण लगानीकर्ता तथा सम्बन्धित नियामक निकायको सहयोगको आवश्यकता औँल्याए ।
साथै उनले सेयरबजारको भूमिका महत्वपूर्ण रहेकोले राष्ट्र बैंक लगायत सरोकारवालासँग विस्तृतमा छलफल गर्ने बताए । व्यक्तिगत लाभ हानी भन्दा पनि समग्रमा अर्थतन्त्र चलायमान गर्नको लागि के आवश्यक छ, त्यो गर्ने प्रतिवद्दता जनाए । बजारमा पोजेटिभ भाइब्स र पोजेटिभ सेन्टिमेन्ट सिर्जना गर्न सबै स्टेक होल्डरको सहयोगको आवश्यकतामा जोड दिए ।
‘लगानीको माहौल सकारात्मक छैन । यसलाई पोजिटिभ सेन्टीमेन्टमा ढाल्नुपर्ने मुख्य चुनौति छ । सबैतिर निराशाको मात्र कुरा गर्दा त्यही दिशातर्फ अर्थतन्त्र उन्मुख हुने जोखिम बढ्छ, त्यसकारण यसलाई सकारात्मक बाटोमा लानुपर्छ । त्यसमा सेयर बजारको भूमिका महत्वपूर्ण छ । यसमा संस्थागत समस्या होस् या राष्ट्रबैंकका कतिपय नीतिले प्रभाव पारेको कुरा नै किन नहोस्, सबै प्रतिकूल नीतिहरु पनि संसोधन हुन्छ । अन्य नीतिगत कुराहरुलाई पनि मध्यनजर गरी सम्बन्धित सबैसँग छलफल गर्छौ र सेयर लगानीकर्ताको मनोबल समेत उकास्ने खालका व्यवस्था लिएर आउँछौं ।’
सो अवसरमा नेपाल उद्योग बाणिज्य महासंघ, पुँजीबजार फोरमले अर्थमन्त्री डा. प्रकाश शरण महत समक्ष नेपालको पुँजीबजार बिकास र विस्तारकाका लागि भन्दै ८१ बुँदे सुझाव दिएका हुन् ।
फोरमले अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्डले तत्काल गरिनु पर्ने कार्य, क्रमिक रुपमा गर्नुपर्ने कार्य धितोपत्र र कम्पनी कानुनमा सुधार कर तथा करका दरमा सुधार, सस्थागत तथा नीतिगत सुधार, लागत तथा तरलता, कारोबार व्यवस्थापन, उपकरण र पूर्वाधारका विषयमा सुझाव दिएका छन्।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया