केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक सोमबार सम्पन्न भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न सोमबार बैठक डाकेका हुन् ।
सोमबार दिउँसो २ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा बसेको बैठकले नेपाल भारत खुला सीमाका कारण हुने गरेको अवैध आयात निर्यात कसरी रोक्ने भन्ने सम्बन्धमा छलफल भएको हो ।
गृहमन्त्री समेत सदस्य रहने समितिको बैठकमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक सदस्य हुने व्यवस्था छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया