सुलभका ग्राहकले फोन पे नेटवर्क मार्फत सहजै भुक्तानी गर्न सक्ने, सम्झौता सम्पन्न

0
Shares

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक ‘फोन पे नेटवर्क लिमिटेड र भुक्तानी सेवा प्रदायक सुलभ पे (एनक्याश) वालेटबीच सहकार्य सुरू भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फोनपे र सुलभपेबीच भुक्तानी पत्रमा सम्झौता भएको हो ।

सम्झौता पत्रमा फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र सुलभपेका तर्फबाट सुलभपे (एनक्याश) का प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले हस्ताक्षर गरे । योसँगै सुलभ पे प्रालिको एनक्यास पूर्ण स्क्यान भुक्तानी सेवाहरू सुरू गर्ने पहिलो वालेट बनेको छ ।

एनक्यास प्रयोगकर्तालाई सहज भुक्तानी अनुभव प्रदान गर्न डिजाइन गरिएको हो र फोनपे क्यूआर प्रयोग गर्ने क्षमताको साथ अतुलनिय स्तरको सुविधा प्रदान गर्दछ । सम्झौता कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले यस प्रकारको सम्झौताले डिजिटल भुक्तानीमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।  सापकोटाले सुलभसँगको सम्झौताले नेपाली समाजलाई क्यास लेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा एनक्यास सुलभ पेका प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले भने, ‘हामी फोनपे क्यूआर सुरू गर्न पाउँदा उत्साहित छौं । जुन हााम्रो प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने मोबाईल वालेट सिर्जन ागर्ने हाम्रो प्रयासको परिणति हो,“ हामी विश्वास गछौं कि फोनपे क्यूआर लगायत एनक्यासद्धारा प्रदान गरिएका स्क्यान र पे सेवाहरूले नेपालमा मानिसहरूले पहिलेभन्दा छिटो, सजिलो र अझ सुरक्षित् बनाउनेछ ”।

फोनपेमा हाल ११ लाख भन्दा धेरै क्युआर मर्चेन्ट रहेका छन् । नेपाललाई क्यासलेस बनाउने योजना अनुसार ‘नगद छोडौं, फोनपे गरौं’ भन्ने नारा सहित तीन वर्ष अगाडि स्थापना भएको फोनपेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको छ । फोनपे नेटवर्क मार्फत हाल दैनिक करिब ५ अर्बको कारोबार हुँदै आएको छ । वित्तीय क्षेत्रमा फोनपेले बनाएको बाटोले डिजिटल भुक्तानीको क्षेत्रमा ठूलो परिवर्तन समेत आएको छ ।

फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन् । गाउँ गाउँसम्म विस्तार भइसकेको फोनपे क्यूआर शहरका अधिकांश पसलमा देखिन थालेका छन् । ग्राहकहरुले पनि नगद बोकेर हिड्नुको साटो फोनपे मार्फत भुक्तानी गर्न सहज ठानेका छन् । डिजिटल कारोबारमा आएको यस परिवर्तनले मर्चेन्ट र ग्राहकलाई सहज बनाउनुका साथै नेपालको डिजिटल इकोनोमिमा ठूलो परिवर्तन ल्याउँदै जान थालेकोे छ ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे पेमेन्ट सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो । फोनपेमा अहिले ६० भन्दा बढि बैंक तथा वित्तिय संस्था आबद्धछन् । एक करोड ७० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।