युवा स्वतन्त्र उम्मेदवार गोयललाई सबै पक्षले आफ्नो प्यानलमा ल्याउन तानातान

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को चुनावी मैदानमा तीस वर्षीय युवा उद्यमी चिराग गोयलले उम्मेदवारी दर्ता गराएका छन् । उनले एसोसिएट तर्फबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका हुन् ।

बरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका छन् । एसोसिएट तर्फबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका गोयललाई आफ्नो पक्षमा ल्याउन तीनवटै पक्ष प्रयासरत देखिएका हुन् । हामीले उनलाई सम्पर्क गर्दा हाल आफू कुनै पनि प्यानलमा नभएको बताए ।

गोयलले नेपाल युवा उद्यमी मञ्चको काठमाण्ठौंको अध्यक्ष भए पश्चात उल्लेखनीय कार्यहरु गरेको महासंघका पदाधिकारीहरुले बताएका छन् । यस कारण उनलाई सम्पूर्ण युवाहरुको साथ र समर्थन रहेको छ । निज गोयलसँग ८० देखि ९० पकेट भोट रहेको महासंघका एक उम्मेदवारले बताए ।

झापाको बुधबारेमा मुलघर भएको गोयल परिवार एकदमै मृदृभाषी र तलदेखि माथीसम्म एकजस्तै भएर व्यवहार गरी राम्रो जनसम्पर्क बनाएर काठमाण्डौंमा व्यवसाय गरी बसिरहेका छन् । उनको उम्मेदवारी मजबूत हुने कारण उनका बुबा कैलाश चन्द्र गोयल माडवाडी समुदायको सबैभन्दा प्रतिष्ठीत संस्था, मारवाडी सेवा समितिका अध्यक्ष छन् । समाज सेवामा उनको परिवार तीन पुस्तादेखी अग्रणी रहेको छ ।

चिराग गोयल आफैँ पनि आपत विपतको समय २०७२ सालको भुकम्प तथा कोरोना महामारीमा अहोरात्र खटी सेवा कार्यमा लागका थिए । उनी युवा समाजसेवी भएकाले २०७७ सालको संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवा श्री पदकबाट विभुषित समेत भएका थिए ।

उनको उम्मेदवारी मजबुत हुने अर्को कारण उनका बुबा नेपाल चेम्बर अफ कमर्शमा कार्यकारीणी सदस्यको रूपमा चार कार्यकाल देखि सक्रिय रहेका छन् । चेम्बरका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, अध्यक्ष राजेन्द्र मल्ल र उपाध्यक्ष दिपक मल्होत्रासँग घनिष्ठ सम्बन्ध भएकाे र सम्पूर्ण टीमसँग मिलेर चेम्बरको उत्थानमा सहयोग गर्दै आएका छन् ।

निज गोयल सनराइज बैंकका सबैभन्दा ठूलो लगानीकर्ता र निर्देशक हुन् । उनी संलग्न गोयल अर्गनाइजेशन बैंकिङ्ग, उत्पादन, निमार्ण, ऊर्जा, व्यापार तथा अन्य क्षेत्रमा संलग्न छ ।

गोयल ग्रुपको कार्यकारी निर्देशक भएर पूर्णकालीन रुपमा करिब एक दशकदेखि उनी व्यावसायीक रुपमा सक्रिय छन् । महासंघको नेतृत्व चयनका लागि चैत २९ गते बिहान ८ बजेदेखि प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदान हुँदैछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।