सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

0
Shares

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नेका लागि एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

अब क्यापिटलले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण काम गर्नेछ ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच समर्जर सम्पन्न भई फागुन १७ गते बुधबारदेखि एकीकृत कारोबार सुरु भएको थियो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सिद्धार्थ इन्स्योरेन्सका सीईओ वीरेन्द्र वैदवार क्षेत्री छन् ।

दुई कम्पनी बराबरी हैसियतमा अर्थात् एक बराबर एकको सेयर स्वाप रेसियोमा मर्जर हुने भएका हुन्। मर्जर पश्चात् प्रिमियर इन्स्योरेन्सको एक सेयर बराबर सिद्धार्थ इन्स्योरेन्सको पनि एक सेयर कायम भएको हुनेछ ।

सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड ३९ लाख रुपैयाँ र प्रिमियरको चुक्ता पुँजी १ अर्ब ४० करोड २६ लाख रुपैयाँ थियो । मर्जरपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ कायम भएको छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।