रेकर्ड मूल्यबाट ८०० रुपैयाँले घट्यो सुनको भाउ

0
Shares

सुनको भाउ चैत २३ गते बिहीबार प्रतितोला ८०० रुपैयाँले घटेको छ । हिजो बुधबार एकै दिन २ हजार रुपैयाँले बढेर रेकर्ड मूल्यमा पुगेकोमा भोलिपल्ट भने भाउ घटेको हो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार आजका लागि छापावाल सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । छापावाला सुन हिजो बुधबार १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । सो भाउ हालसम्मकै उच्च हो ।

यस्तै बिहीबाार तेजाबी सुनको भाउ प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले सस्तिएर १ हजार ४३५ रुपैयाँ खरिद बिक्री भएको छ । बुधबार ४० रुपैयाँले बढेर चाँदी प्रतितोला १ हजार ४४० सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा दैनिक रुपमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् । अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा मूल्य निर्धारण गरिने गरिन्छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार १३ दशमलव ३४ र चाँदी प्रतिऔंस २४.८५ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।