नेपाल वायुसेवा निगमले यात्रु तथा ब्यागेजमा आउने समस्या न्युनिकरण गर्दै शुन्यमा झार्ने प्रतिबद्धता जनाएको छ ।
ब्यागेज फुटेको गुनासो आएपछि निगमले ब्यागेज सुरक्षाको लागि निगम कटिबद्ध रहेको र अब यसलाई न्यूनिकरण गर्ने बताएको हो ।
निगमले ब्यागेज टुटफुटको विवरण तत्कालै तोकिएको स्थान तथा कर्मचारीलाई दिन आग्रह पनि गरेको छ ।
नेपाल वायुसेवा निगमको आ. ए. २१७ काठमाडौ – दिल्ली २० मार्च २०२३ को उडानमा दिल्ली पुग्दा एक यात्रुको ब्यागेज फुटेको पाइएको थियो । ब्यागेज सकुसल नै जहाजमा लोड गरिएको भएतापनि दिल्ली पुग्दा ब्यागेज फुटेको विभागका प्रवक्ता रमेश पौडेलले विज्ञप्तीमार्फत जनाएका छन् ।
उनका अनुसार जहाजमा लोड गरिसकेपछि लोड गरिएकै अवस्थामा, जहाजको उडान भएको बेलामा हल्लिएर, लोड गरिएको ब्यागलाई अर्को व्यागले थिचेको अवस्थामा, गन्तव्य स्टेसनमा अफलोडिङ्को समयमा वा अफलोडिङ पछि कन्भेयर बेल्टमा समेत एक ब्यागमा अर्को ब्याग ठोकिएर वा ब्यागेज पुरानो भएर फुट्ने गर्दछ ।
निगमले यात्रुले भरेको गुनासो फर्मको आधारमा तत्काल छानविन गरी नियमानुसारको क्षतिपूर्ति दिने व्यवस्था गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो
प्रतिक्रिया