भारतीय केन्द्रीय बैंक–रिजर्भ बैंक अफ इन्डियाले ब्याजदर नबढाउने निर्णय गरेको छ । बलियो अर्थतन्त्र भएका देशहरुमा आर्थिक मन्दी आउने सम्भावना रहेता पनि भारतीय अर्थतन्त्र सबल रहेको जनाउँदै गर्भनर शक्तिकण्ठ दासले रिपो रेट नबढाउने घोषणा गरेका हुन् ।
हाल आरबीआईले रिपो रेट ६.५ प्रतिशत मै कायम गर्ने जनाएको छ । आरबीआई मौद्रिक नीति समितिको ३ दिने बैठकको निष्कर्ष मिडियालाई जानकारी दिँदै गर्भनर शक्तिकन्ठ दासले भारतको आर्थिक अवस्थालाई मध्यजनर गर्दै रिपो रेट नबढाउने बताए ।
बैठक पुर्व भारतीय अर्थशास्त्री तथा विश्लेषकहरुले आरबीआईले ०.२५ प्रतिशतले ब्याजदर बढाई ६.७५ प्रतिशत पु¥याउने प्रक्षेपण गरेका थिए । लामो समयसम्म मूल्यवृद्धि कायम रहेको कारण देखाउँदै विश्लेषकहरुले आरबीआईले ब्याजदर बढाउनसक्ने आकलन गरेका थिए ।
आरबीआईले वार्षिक मुद्रास्फीति नियनत्रण गरी ६ प्रतिशतमा कायम गर्ने लक्ष्य लिएको छ । हाल भारतको मुद्रास्फीति दर ६.४–६.५ प्रतिशत रहेको छ ।
विश्वका विकसीत मुलुकमा आर्थिक मन्दी हुने सम्भावना रहेको वल्र्ड बैंक र अन्तराष्ट्रिय मुद्रा कोषले जनाउँदै आएका छन् ।
तथापि आइएमएफले अन्य देशहरुको तुलनामा भारतीय अर्थतन्त्र बलियो रहेको छ । वस्तुगत कर संकलन बढ्नु, अटोमोबाइल सेल्समा वृद्धि हुनु, उपभोक्ताको क्रय शक्ति बलियो हुनुले भारतीय अर्थतन्त्र बलियो रहेको पुष्टि गर्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया